default_image

4 years ago

August 21, 2021

श्रीलंका स्टार स्पिनर हसरंगाले बेंगलोरबाट आइपिएल खेल्ने

140 views

0 Bookmark

एजेन्सी – श्रीलंका युवा स्पिनर वानिन्दु हसरंगाले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी खेलहरु रोयल च्यालेन्जर्स बेंगलोरबाट खेल्ने भएका छन् । अष्ट्रेलिया लेगस्पिनर एडम जाम्पा उपलब्ध नहुने भएपछि बेंगलोरले वानिन्दुलाई टोलीमा भित्र्याएको छ ।


२४ वर्षिय श्रीलंका वानिन्दु उत्कृष्ट लयमा छन् । श्रीलंकालाई अघिल्लो महिना भारतविरुद्ध तीन टि२० सिरिज २-१ ले जिताउन वानिन्दुले उत्कृष्ट प्रदर्शन गरेका थिए । तीन खेलमा वानिन्दुले ७ विकेट लिँदै प्लेयर अफ द सिरिज चुनिएका थिए । भारतलाई तेस्रो खेलमा ८१ रनमा रोक्न वानिन्दुले ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिएका थिए ।

वानिन्दु तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता पनि राख्छन् । वानिन्दुले २२ टि२० आई खेलमा ३३ विकेट लिएका छन् । वानिन्दु टि२० विश्व वरीयतामा दोस्रो स्थानमा छन् । जाम्पाले टि२० विश्वकपको कारण आइपिएलबाट आफ्नो नाम फिर्ता लिएका हुन् । बेंगलोरका अर्का तीव्र गतिका बलर ड्यानियल साम्सले पनि नाम फिर्ता लिएपछि श्रीलंका तीव्र गतिका बलर दुश्मन्था चामिरालाई अुनबन्ध गरेको छ । आइपिएल सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म यूएईमा चल्ने छ । टि२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म चल्ने छ ।

विराट कोहली कप्तान रहेको बेंगलोर २० सेप्टेम्बरमा कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । गत वैशाखमा कोरोना कारण स्थगित हुनुअघि बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.