4 years ago
August 21, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा रोयल च्यालेन्जर्स बेंगलोरले तीन विदेशी खेलाडी परिवर्तन गरेको छ । टि२० विश्वकपको कारण राष्ट्रिय टोलीमा ब्यस्त हुँदा खेलाडीले नाम फिर्ता लिएपछि परिवर्तन गरेको हो ।

बेंगलोरका तीव्र गतिका बलर ड्यानियल साम्स, स्पिनर एडम जाम्पा र न्युजिल्यान्डका ओपनर फिन एलेनले आइपिएल २०२१ को बाँकी सिजनबाट नाम फिर्ता लिएका छन् । उनीहरुको स्थानमा बेंगलोरले श्रीलंका लेगस्पिनर वानिन्दु हसरंगा, तीव्र गतिका बलर दुश्मन्था चामिरा र अष्ट्रेलिया टिम डेविडलाई अनुबन्ध गरेको छ ।
जाम्पा अष्ट्रेलिया टि२० विश्वकपको अन्तिम टोलीमा छन् । साम्स वैकल्पिक खेलाडीमा छन् । एलेन भने बंगलादेश र पाकिस्तान भ्रमणको लागि न्युजिल्यान्ड टोलीमा परेपछि नाम फिर्ता लिएका हुन् । आइपिएल सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म यूएईमा चल्ने छ । टि२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म चल्ने छ । न्युजिल्यान्डले सेप्टेम्बर एक देखि १० सम्म बंगलादेशविरुद्ध पाँच टि२० आई सिरिज खेल्ने कार्यक्रम छ । १७ सेप्टेम्बर देखि तीन अक्टोबरसम्म पाकिस्तानसँग तीन ओडिआई र पाँच टि२० आई सिरिज खेल्ने कार्यक्रम छ ।

२४ वर्षिय वानिन्दुले श्रीलंकालाई अघिल्लो महिना भारतविरुद्ध तीन टि२० सिरिज २–१ ले जिताउन ७ विकेट लिँदै प्लेयर अफ द सिरिज चुनिएका थिए । वानिन्दु तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता पनि राख्छन् । वानिन्दुले २२ टि२० आई खेलमा ३३ विकेट लिएका छन् । वानिन्दु टि२० विश्व वरीयतामा दोस्रो स्थानमा छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गरेपछि बेंगलोरले टोलीमा उनलाई भित्र्याउने निर्णय लिएको हो ।
दुश्मन्था चामिराले पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । चामिरा पछिल्लो समयका श्रीलंका सर्वाधिक सफल तीव्र गतिका बलर हुन् । इंग्ल्यान्ड र भारतविरुद्ध सिरिजमा उनले उच्च प्रदर्शन गरेका थिए । चामिराले पावर प्लेमा नयाँ बलका साथ उच्च प्रदर्शन गर्दै निरन्तर विकेट लिई रहेका छन् ।

२२ वर्षिय युवा स्टार फिन एलेन गतवर्ष अष्ट्रेलिया ओपनर जोश फिलिपेको स्थानमा बेंगलोरमा अनुबन्ध भएका थिए । एलेन आक्रामक ब्याटिङका लागि चर्चित युवा स्टार हुन् । उनको स्थानमा खेल्न लागेका टिम डेविडले अष्ट्रेलियाबाट घरेलु क्रिकेट र सिंगापुरको सिनियर टोलीबाट उच्च प्रदर्शन गर्दै आएका छन् ।
२०१९ को एसिया टि२० विश्वकप छनोटमा नेपाललाई पराजित गर्न डेविडले ७७ रनको उत्कृष्ट इनिङ खेलेका थिए । बिग ब्यास लिगमा होबार्ट हरिकेन्सबाट खेल्दै उच्च प्रदर्शन गरि रहेका छन् । २५ वर्षिय ६ फिट पाँच इन्च अग्ला डेविड ठूलो इनिङको लागि चर्चित छन् । उनले १४ टि२० आई खेलमा चार अर्धशतक सहित ५ सय ५८ रन बनाएका छन् ।

उत्कृष्ट प्रदर्शन ९२ रन अविजित छ । बेंगलोर २० सेप्टेम्बरमा कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । गत वैशाखमा कोरोना कारण स्थगित हुनुअघि बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । बेंगलोर पहिलो पटक उपाधि जित्ने सोचमा छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]