4 years ago
August 21, 2021
एजेन्सी – इंग्ल्यान्डका स्टार विकेटकिपर ब्याट्सम्यान जस बटलरले अर्को महिनादेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने भएका छन् । राजस्थान रोयल्सका स्टार विकेटकिपर बटलर दोस्रो सन्तानको बुबा बन्न लागेपछि आइपिएल नखेल्ने भएका हुन् ।

राजस्थानले बटलरको स्थानमा न्युजिल्यान्डका स्टार विकेटकिपर ब्याट्सम्यान ग्लेन फिलिप्सलाई टोलीमा भित्र्याएको छ । आइपिएल कोरोना कारण स्थगित हुनुअघि बटलरले सनराइजर्स हैदराबादविरुद्ध ६४ बलमा ११ चौका र ८ छक्का सहित १ सय २४ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । आक्रामक ब्याटिङका लागि विश्व चर्चित ब्याट्सम्यान बटलरले एकै ओभरमा खेललाई मोड्न सक्ने क्षमता राख्छन् ।
न्युजिल्यान्डका फिलिप्सले राष्ट्रिय टोली र विदेशी फ्रेन्चाइज लिगमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । २४ वर्षिय फिलिप्सले न्युजिल्यान्डबाट २५ टि२० आई खेलमा १ शतक सहित ५ सय ६ रन बनाएका छन् । १ सय ३४ टि२० आई खेलमा ४ शतक र २३ अर्धशतक सहित ३ हजार ७ सय ४४ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन १ सय १६ रन छ । फिलिप्सले शीर्षक्रम र मध्यक्रम दुबैमा ब्याटिङ गर्ने गर्दछन् ।

फिलिप्स पनि आक्रामक ब्याटिङका लागि चर्चित छन् । इंग्ल्यान्डमा जारी द हन्ड्रेडमा फिलिप्सले वेल्श फायरबाट खेल्दै उच्च प्रदर्शन गरेका छन् । गत बुधबार लन्डन स्प्रिटविरुद्ध फिलिप्सले ३५ बलमा ५ चौका र ७ छक्का सहित ८० रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका थिए । फिलिप्स न्युजिल्यान्डको टि२० विश्वकप टोलीमा छन् ।
यस सिजन इंग्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्स र तीव्र गतिका बलर जोफ्रा आर्चरले चोटका कारण नखेल्ने निश्चित छ । आर्चरले टि२० विश्वकप पनि खेल्ने छैनन् । इंग्ल्यान्डका आक्रमक ब्याट्सम्यान लियाम लिभिङस्टोन पनि राजस्थानमा छन् । स्टोनले इंग्ल्यान्डबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । राजस्थानमा रहेका बंगलादेशका तीव्र गतिका बलर मुश्ताफिजुर रहमानले पनि बाँकी आइपिएल टि२० विश्वकपको कारण नखेल्ने निश्चित छ । दक्षिणअफ्रिकी अलराउन्डर क्रिस मोरिस भने उपलब्ध हुने छन् ।
२०२१ को आधा सिजन सकिँदा राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै पाँचौ स्थानमा छ । राजस्थानले पन्जाब किंग्ससँग पहिलो खेल सेप्टेम्बर २१ मा खेल्ने छ । कप्तान सञ्जु स्यामसनलाई उत्कृष्ट प्रदर्शनको दबाब छ । शीर्ष चारमा रहँदै प्ले अफमा स्थान बनाउन बाँकी खेलमा उत्कृष्ट नजिता निकाल्नुपर्ने हुन्छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]