default_image

4 years ago

August 22, 2021

ब्रेभलाई द हन्ड्रेडको उपाधि, लिभिङस्टोन मोष्ट भ्यालुएबल खेलाडी

245 views

0 Bookmark

एजेन्सी – विश्व क्रिकेटमा पहिलो पटक भएको द हन्ड्रेड क्रिकेट प्रतियोगिता उपाधि साउर्थन ब्रेभले जितेको छ । फाइनलमा ब्रेभले बर्मीङ्घम फिनिक्सलाई ३२ रनले हराउँदै च्याम्पियन बनेको छ ।

लर्ड्स मैदानमा भएको फाइनलमा जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको फिनिक्सले निर्धारित एक सय बलमा पाँच विकेट गुमाउँदै १ सय ३६ रन बनायो । फिनिक्सका लियाम लिभिङस्टोनले १९ बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ४६ रनको योगदान दिए । लिभिङस्टोन ४५ औं बलमा रन आउट हुनु फिनिक्सको लागि हारको मुख्य कारण बन्यो ।

कप्तान मोईन अलीले ३० बलमा ३ छक्का र १ चौका सहित ३६ रन जोडे । क्रिस बेन्जामिन २३ र बेनी होवेल २० रनमा आउट भए । ब्रेभका जर्ज ग्रेटन, क्रेग ओभरटन, ट्यामल मिल्स र ज्याक लिन्टोटले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको ब्रेभले निधारित एक सय बलमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । पल स्टर्लिङले ३६ बलमा २ चौका र ६ छक्का सहित ६१ रनको उत्कृष्ट इनिङ खेल्दै प्लेयर अफ द फाइनल चुनिए । तल्लोक्रमा रस व्हाइटलीले १९ बलमा ४ चौका र ४ छक्का सहित ४४ रनमा अविजित रहँदै बलियो योगफलमा पुर्याएका थिए । एलेक्स डेविस २७ र टिम डेविडले १५ रनको योगदान दिए ।

फिनिक्सका एडम मिल्नेले सर्वाधिक २ विकेट लिए । इमरान ताहिर, बेनी होवेल र लियाम लिभिङस्टोनले एक एक विकेट लिए । लिभिङस्टोन प्रतियोगिता मोष्ट भ्यालुएबल प्लेयर चुनिए । उनले प्रतियोगिताभर ९ खेलमा ३ अर्धशतक सहित कुल ३ सय ४८ रन बनाउँदै शीर्ष स्थानमा थिए । उनको उत्कृष्ट प्रदर्शन ९२ रन अविजित हुँदा स्ट्राइकरेट १७८ थियो ।


इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गरेको द हन्ड्रेड प्रयितोगितामा कुल आठ टोलीको सहभागिता थियो । महिला द हन्ड्रेडको उपाधि भने ओभल ईन्भिन्सिबल्सले जितको छ । नेपाली लेगस्पिनर सन्दीप लामिछाने ओभल ईन्भिन्सिबल्समा अनुबन्ध भएपनि भिसाको कारण इंग्ल्यान्ड गएर खेल्न नपाई फर्किएका थिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.