default_image

4 years ago

August 22, 2021

विवाहित जोडीले बाँडे प्लेयर अफ द म्याच र सिरिज उपाधि

130 views

0 Bookmark

एजेन्सी – सुन्दा अचम्म लाग्न सक्छ । विश्व क्रिकेटमा विवाहित जोडीले सँगै क्रिकेट खेलेको कमै देखिन्छ । तर विवाहित जोडीले प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज (सर्वोउत्कृष्ट) दुर्लभ उपलब्धि हासिल गरेको सायद यसअघि देखिएको थिएन ।

शनिवार राती सम्पन्न द हन्ड्रेडको महिलातर्फ प्रतियोगितामा दक्षिण अफ्रिका विवाहित जोडी डेन भ्यान निकर्क प्लेयर अफ द सिरिज र मारिजान काप प्लेयर अफ द म्याच चुनिएका छन् । यी दुई विवाहित जोडीको उत्कृष्ट प्रदर्शनमा ओभल ईन्भिन्सिबल्सले साउर्थन ब्रेभलाई ४८ रनले हराउँदै उपाधि जितेको थियो ।

निकर्क ओभलको कप्तान हुन् भने काप अलराउन्डर हुन् । कप्तान निकर्क २९ बलमा ३ चौका सहित २६ रन जोड्दै आउट भएकी थिईन् । कापले १४ बलमा ४ चौका सहित २६ रन बनाएकी थिइन् । एक सय बलमा ओभलले ६ विकेट गुमाउँदै कुल १ सय २१ रन बनाएको थियो ।

ब्रेथलाई ९८ बलमा ७३ रनमा अल आउट गर्दै ओभलले उपाधि जितेको थियो । बलिङमा मध्य गतिकी बलर कापले १८ बलमा १३ डट बल राख्दै ९ रन खर्चेर चार विकेट लिएपछि प्लेयर अफ द म्याच चुनिएकी थिइन् । ओभललाई उपाधि जिताउन निकर्कले १० खेलमा २ सय ५९ रन जोड्दै शीर्ष स्थानमा थिइन् । बलिङतर्फ प्रतियोगिताभर आठ विकेट लिएकी उनी सर्वोत्कृष्ट खेलाडी चुनिइन् । उनले प्रदर्शनसँगै कप्तानी पनि उत्कृष्ट गरेकी थिइन् ।

२८ वर्षिय निकर्क दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीको पनि कप्तान हुन् । काप दक्षिण अफ्रिकाको टोलीको महत्त्वपूर्ण अलराउन्डर हुन् । ३१ वर्षिय कापले एक टेस्ट, १ सय १५ ओडिआई र ८१ टि२० आई खेलेकी छिन् । कप्तान डेन भ्यानले दक्षिण अफ्रिकाबाट एक टेस्ट, १ सय २ ओडिआई र ८३ टि२० आई खेलेकी छिन् । दक्षिण अफ्रिकाबाट अन्तर्राष्ट्रिय क्रिकेटसँगै खेल्दै आएका निकर्क र कापले सन् २०१८ मा विवाह गरेका थिए ।

दुवैले सन् २००९ देखि दक्षिण अफ्रिका टोलीबाट एकै साथ खेल्दै आएका छन् । यी दुवैले टेष्टमा एकै खेलमा डेब्यु गरेका थिए । आइसिसीको प्रतियोगितामा सँगै ब्याटिङ गर्ने यी पहिलो विवाहीत जोडी हुन् । यी दुईलेसँगै विदेशी लिग खेल्दै उत्कृष्ट प्रदर्शनका साथ उपाधि पनि जित्दै आएका छन् । यसअघि यी दुई जोडीले बिग ब्यास लिग सिड्नी सिक्सर्सलाई पनि उपाधि जिताइसकेका छन् ।

यो पनिः क्रिकेटका ४ विवाहित जोडी

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.