default_image

4 years ago

August 22, 2021

नेपाली महिला टोलीमा बिनुको पूनरागमन

287 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आगमी नोभेम्बरमा मलेसियामा हुने आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोटको लागि बन्द प्रशिक्षणमा २४ सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ ।

२०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालले ग्लोबल छनोटको लागि मलेसियामा एसिया छनोट खेल्ने छ । घोषणा टोलीमा अनुभवी खेलाडी विनु बुढामगरले पूनरागमन गरेकी छिन् । उनी पछिल्लो पटक २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा थिएनिन् । नेपालमा टोलीमा एकदशक देखि छैनिन् । एपिएफकी बिुन बुढामगरले चैतमा भएको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको साथ ५ खेलमा ६६ रन खर्चेर १० विकेट लिँदै उत्कृष्ट बलर घोषित भएकी थिइन् ।

क्यानले पछिल्ला दुई घरेलु क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप महिला क्रिकेट र ललितपुर मेयर्स वुमन्स च्यापियन्सपसिप प्रतियोगिता प्रदर्शनको आधारमा टोली घोषणा गरेको छ । घोषणा टोलीमा लुम्बिनी प्रदेशकी सरस्वती जिएम, प्रदेश २ का अनुराधा चौधरी, बागमती प्रदेशकी कन्चन श्रेष्ठ लगायतका युवा ब्याटर रहेका छन् ।

आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोट आगमी नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा हुने छ । प्रतियोगितामा नेपाल, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, मलेसिया र यूएई गरि आठ देशको सहभागीता हुने छ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालले एसिया छनोट खेल्ने छ । एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने छन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि स्थान बनाउने छन् । नेपाली महिला क्रिकेट टोली पनि पहिलो विश्वकप खेल्ने लक्ष्यमा छ ।

नेपाली महिला टोलीले पछिल्लो पटक अन्तर्राष्ट्रिय खेल गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलेका थिए । नेपाली महिला क्रिकेटका पछिल्लो समय दुई घरेलु प्रतियोगिता भएका छन् । पछिल्लो समय गत पुषमा दाङको लमहीमा टि२० राष्ट्रिय प्रतियोगिता भएको थियो । चैतमा काठमाडौंमा ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगिता भएको थियो ।

बन्द प्रशिक्षणमा परेका महिला टोली : रुबिना क्षेत्री बेलबासे, काजल श्रेष्ठ, ईन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगिता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वती जिएम, कन्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डली भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता रानामगर, ज्याति पाण्डे, बिनुु बुढामगर, करुणा भण्डारी र सरिता मगर ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.