default_image

4 years ago

August 26, 2021

मलेसियाली स्टार विरनदीपले इपिएल खेल्ने

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसिया युवा स्टार ब्याट्सम्यान विरनदीप सिंहले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । मलेसिया कप्तानी भूमिका निर्वाह गरि सकेका विरनदीपले सोमपाल कामी कप्तान रहेको चितवन टाइगर्सबाट इपिएल खेल्ने छन् ।

२२ वर्षिय विरनदीप शीर्षक्रमका ब्याट्सम्यान हुन् । एसोसियट देशमा विरनदीप उदाउँदा स्टार हुन् । विरनदीप विदेशी फ्रेन्चाइज लिग खेल्ने पहिलो मलेसियाली खेलाडी बनेको छन् । मलेसियाबाट विदेशी फ्रेन्चाइज लिग खेल्ने पहिलो खेलाडी बनेसँगै विरनदीपलाई मलेसिया क्रिकेट एसोसियसनले बधाई दिएको छ ।

विरनदीपलाई चितवनले अफगानिस्तानका ओपनर मोहम्मद शाहजाद र पाकिस्तानी अलराउन्डर दानिस अजिजलाई पनि टोलीमा अनुबन्ध गरि सकेको छ । त्यस्तै चितवनले श्रीलंका स्पिनर सीक्कुगे प्रसन्ना र अफगानिस्तानका करिम जान्तलाई पनि चितवनले टोलीमा अनुबन्ध गरेको छ । सिक्कुगे र जान्तको औपचारिक घोषणा हुन बाँकी छ ।

विकेटकिपर ब्याट्सम्यान समेत रहेका विरनदीपले २५ टि२० आई खेलमा ६ सय ८४ रन बनाएका छन् । गत वैशाखमा नेपालमा भएको त्रिकोणात्मक टि२० सिरिजमा विरनदीपले नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा ५३ बलमा ६ चौका र ६ छक्का सहित ८७ रनको उत्कृष्ट इनिङ खेलेका थिए । जुन इनिङसँगै उनीमाथि इपिएल फ्रेन्चाइज टोलीमो नजर गएको थियो । २०१९ जुलाईमा विरनदीपले नेपालविरुद्ध टि२० आईको पहिलो अर्धशतक बनाउनेक्रममा ४९ बलमा ५७ रन जोडेका थिए । विरनदीपले पार्टटाइम स्पिन पनि गर्ने गर्दछन् ।

चितवनमा सोमपाल कामीसँगै दिलिप नाथ, सन्दीप सुनार, साहब आलम, ललित भण्डारी, कमल सिंह ऐरी, भीम सार्की, सागर ढकाल, आदिल खान, ईशान पाण्डे र खडक बोहरा स्वदेशी खेलाडी रहेका छन् । इपिएल आगमी असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ । सोमपाल कामीले चितवनको कप्तानी गर्ने छन् ।

विरनदीप दुईवर्षअघि नेपाल आएको बेला उनको बारे लेखिएको लेख : मलेसियाली स्टार विरनदीपको नेपालमा खेल्ने चाहना

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.