4 years ago
August 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले आफ्नो पदबाट राजीनामा दिएको चर्चा भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । ह्वाटमोरका व्यवस्थापक कौस्तभ लाहिरीले यसबारे भारतीय मिडियामा पुष्टि गरेपनि नेपाल क्रिकेट संघ (क्यान) ले यसबारे अहिले केहि भन्न नसकिने जनाएको छ ।

भारतका केहि संचारमाध्यमले ह्वाटमोरको व्यवस्थापक लाहिरीलाई उदृत गर्दै ह्वाटमोरले ओमान भ्रमणपछि पद त्याग्ने भन्दै राजीनामा बुझाएको जानकारी दिएका छन् । तर क्यानले भने यसबारे कुनै यकिन जानकारी प्राप्त नभएको जनाएको छ ।
क्यानका सचिव अशोकनाथ प्याकुर्यालले यसबारे प्रशिक्षक र उनको एजेन्टबाट हालसम्म यकिन जानकारी आइनसकेको हाम्रो खेलकुदलाई जानकारी दिए । उनले आफूले पनि भारतीय संचारमाध्यमलाई आधार मानेर केहि प्रश्न आएपनि हालसम्म दुवै जनाबाट यसबारे जानकारी नभएको बताए । उनले क्यानले यसबारे भोली आफ्नो धारणा राख्ने पनि जानकारी दिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोली हाल पपुवा न्युगिनी विरुद्ध दुई खेलको मैत्रीपूर्ण सिरिज तथा आइसीसी विश्वकप क्रिकेट लिग -२ को खेलका लागि ओमानमा छ । टोलीले विहीबार ओमान पुगेर प्रशिक्षण पनि गरिसकेको छ । ह्वाटमोरले पछिल्लो समय परिवारबाट टाढा बस्नुपर्दा केहि समस्या रहेको बताएको क्यान निकट स्रोतले जानकारी दियो । उनको राजीनामाले भने ओमान भ्रमणलाई असर नगर्ने बताइएको छ ।
ह्वाटमोर ८ महिनाअघि मात्र नेपाल आएका थिए । उनको नेतृत्वमा नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिज पनि जितेको थियो ।
यस लेखको अपडेट यहाँ छ : व्यक्तिगत कारण देखाउँदै ह्वाटमोरले दिए राजीनामा
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]