4 years ago
August 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा तीव्र गतिका बलर गुलशन झाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) काठमाडौं किंग्स–११ बाट खेल्ने भएका छन् ।

शुक्रबार काठमाडौंले गुलशनलाई लक्की ड्र मार्फत गुलशनलाई अनुबन्ध गरेको थियो । गुलशनलाई टोलीमा अनुबन्ध गर्न चार टोलीले प्रतिस्पर्धा गरेपछि उनी सर्वाधिक मूल्य २ लाख रुपैयाँमा लक्की ड्र मार्फत काठमाडौं पुगेका हुन् । गुलशन दुई लाखमा बिक्ने यस सिजनको एक्लो खेलाडी हुन् । काठमाडौंले न्यूनतम मूल्यमा नेपाली क्रिकेट टोलीका सिद्धान्त लोहलीलाई पनि अनुबन्ध गरेको छ ।
सिद्धान्तलाई गत वर्ष चोटका कारण काठमाडौंले टोलीबाट फुकुवा गरेको थियो । कोरोना कारण सबै टोलीमा एक एक खेलाडी संख्या थपिएको छ । चोट, सन्न्यास वा कुनै खेलाडी उपलब्ध नहुने भएमा फ्रेन्चाइज टोलीले उनीहरुको स्थानमा नयाँ खेलाडी अनुबन्ध गरेका हुन् ।
गुलशन तीव्र गतिसँगै बाउन्सरका लागि सिपालु छन् । गुलशन पहिलो पटक नेपाली टोलीमा पर्दै ओमान भ्रमणमा गएका छन् । २०१६ को टि२० विश्वकपको लागि ग्लोबल छनोटमा जर्सीविरुद्ध हेलिकप्टर सर्ट प्रहार गर्दै चर्चामा आएका सिद्धान्त चोट र खराब लयका कारण पछिल्लो समय अपेक्षा अनुसार प्रदर्शन गर्न सकि रहेका छैनन् ।

काठमाडौं किंग्स–११ ले विदेशी खेलाडीको रुपमा पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदीलाई विदेशी खेलाडीको रुपमा सार्वजनिक गरि सकेको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंमा दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत लगायतका खेलाडी छन् । चौथो संस्करणको इपिएल आगमी असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने कार्यक्रम छ ।
यो पनि पढ्नुहोस् : गुलशनको अविश्वसनिय राष्ट्रिय टोलीको यात्रा
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]