4 years ago
August 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा बाँया हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाट खेल्ने भएका छन् । भैरहवाले न्यूनतम ५० हजार मूल्यमा दुर्गेशलाई टोलीमा अनुबन्ध गरेको हो ।

दुर्गेशले पहिलो संस्करणको धनगढी प्रिमियर लिग रुपन्देही च्यालेन्जर्सबाट खेलेका थिए । धनगढीविरुद्ध खेल्ने मौका पाउँदा एक विकेट लिएका थिए । त्यसपछि उनले घरेलु क्रिकेटमा मौका पाउन सकेनन् । भैरहवामा क्रिकेट सिक्ने दुर्गेश हाल नयाँ दिल्लीमा छन् ।
‘टिममा पर्दा खुसी लागिनै हाल्छ । आफूलाई प्रमाणित गर्न पाउने यो राम्रो अवसर हो । धेरै कुरा सिक्न पाउँछु । मौका दिएकोमा टिमलाई धन्यावाद’, टिममा परेपछि दुर्गेश नयाँ दिल्लीबाट हाम्रो खेलकुदसँग कुरा गर्दै भने । त्यसैमा उनले थपे, ‘आफ्नो तर्फदेखि शत प्रतिशत दिन खोज्ने छु । इपिएल खेल्न उत्साहित छु । शरद दाईको कप्तानीमा खेल्न पाउँदा अझ खुसी लागेको छ’ ।
‘टिममा परेपछि खुसी व्यक्त गर्ने शब्दनै छैन । पछिल्लो समय घरेलु क्रिकेट नखेलेको हुँदा इपिएल खेल्छु सोचेको थिएन । तर आफ्नो तर्फबाट भने निरन्तर कडा मिहिनेत गर्दै आएको थिए यो मेरो लागि ठूलो अवसर हो । कप्तान शरद र प्रशिक्षक पुबुदु दसानायेके पाएको छु । धेरै सिक्न चाहन्छु । अनि आफूलाई प्रमाणित गर्न’, उनले भने ।

भैरहवाले विदेशी खेलाडीको रुपमा श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान दीनेश चान्डिमलको नाम सार्वजनिक गरेको छ । तर उनी श्रीलंका प्रमुख खेलाडी हुँदा आगमी अक्टोबर नोभेम्बरमा यूएई र ओमानमा हुने टि२० विश्वकप खेल्ने निश्चित छ । त्यसैले उनी इपिएल खेल्न आउनेमा भने शंका छ । अन्य विदेशी खेलाडी घोषणा गर्न बाँकी छ ।
भैरहवामा शरद भेषावकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहित कुमार पौडेल, हरि शंकर शाह, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमान्शु दत्त स्वदेशी खेलाडीको रुपमा रहेका छन् । इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुँदैछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]