default_image

3 years ago

September 2, 2021

चान्डिमलले इपिएल नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान तथा विश्वकप च्याम्पियन दीनेश चान्डिमलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) नखेल्ने भएका छन् । चान्डिमललाई शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्सबाट यसै महिना टोलीमा अनुबन्ध गरेको थियो । तर चान्डिमल श्रीलंका टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त हुने भएपछि इपिएल खेल्न नआउने भएका हुन् । श्रीलंकाले बिहीबार […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान तथा विश्वकप च्याम्पियन दीनेश चान्डिमलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) नखेल्ने भएका छन् । चान्डिमललाई शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्सबाट यसै महिना टोलीमा अनुबन्ध गरेको थियो ।

तर चान्डिमल श्रीलंका टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त हुने भएपछि इपिएल खेल्न नआउने भएका हुन् । श्रीलंकाले बिहीबार देखि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग तीन ओडिआई र तीन टि२० आई सिरिज खेल्दै छ । उक्त सिरिजको लागि चान्डिमल श्रीलंका टोलीमा पूनरागमन गरेका छन् । दक्षिण अफ्रिकासँगको सिरिज १४ सेप्टेम्बर सम्म चल्ने छ ।

श्रीलंका टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार खराब प्रदर्शन गर्दै आएका छन् । टोलीमा युवा खेलाडी बढी निर्भर छन् । यस अवस्थामा अनुभवी खेलाडी दीनेश चान्डिमललाई श्रीलंकाले सिमित ओभरमा टोलीमा बोलाएको छ । चान्डिमलले राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा राम्रो प्रदर्शन गर्नेक्रममा ६ खेलमा २ अर्धशतक सहित १ सय ८३ रन बनाउँदै सर्वाधिक रन बनाउनेमा तेस्रो स्थानमा रहेका थिए ।

चान्डिमल राम्रो लयमा हुँदा उनी टि२० विश्वकप खेल्ने श्रीलंका टोलीमा पर्ने सम्भावना उच्च छ । त्यसैले उनले इपिएल नखेल्ने निर्णय लिएका हुन् । टि२० विश्वकप अक्टोबर १७ देखि सुरु हुने छ । दक्षिण अफ्रिका सिरिजपछि श्रीलंका टि२० विश्वकप तयारीमा जुट्ने छ । विश्वकप अघि ओमानसँग दुई टि२० आई खेल खेल्ने छ ।

चान्डिमलले श्रीलंकाबाट ६२ टेस्ट, १ सय ४९ ओडिआई र ५७ टि२० आई खेल खेलेका छन् । टि२० आईमा चान्डिमलले ५ अर्धशतक सहित कुल ८ सय ६८ रन जोडेका छन् । ३१ वर्षिय विकेटकिपर ब्याट्सम्यान चान्डिमल श्रीलंका वर्तमान टोलीका प्रमुख ब्याट्सम्यान हुन् । चान्डिमलले श्रीलंका टेस्ट, ओडिआई र टि२० तीनै शैलीमा कप्तानी गरेका छन् । ओाडिआई र टि२० आईमा श्रीलंकाबाट कप्तानी गर्ने कान्छा खेलाडी समेत हुन् । इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुँदैछ । सबै फ्रेन्चाइज टोलीले तीव्र रुपमा तयारी अगाडि बढाउँदै आएका छन् ।

यो पनि पढ्नुहोस् : श्रीलंका क्रिकेटको दुर्गति : चार वर्षमा १० कप्तान परिवर्तन

April 26, 2024

लुम्बिनी र कर्णाली फाइनलमा , बागमती बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिमसँग ३ विकेटले पराजित हुँदा बागमती प्रदेश रन रेटको आधारमा वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपको लिग चरणबाट बाहिरिएको छ। जितले बागमती अंक तालिकाको शीर्षस्थानमा रहँदै फाइनलमा पुग्ने थियो। तर हारले रन रेटको आधारमा बाहिरिएको हो। बागमतीको हारमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश फाइनलमा प्रवेश गर्न सफल भएका छन्। कम स्कोर‌को […]

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

Success

Thank you for your time.