default_image

4 years ago

September 9, 2021

स्टोक्स इंग्ल्यान्डको टि२० विश्वकप टोलीमा परेनन्

131 views

0 Bookmark

एजेन्सी – स्टार अलराउन्डर बेन स्टोक्स अर्को महिना संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा हुने टि२० विश्वकपको लागि इंग्ल्यान्डको प्रारभिम्क टोलीमै परेका छैनन् । इंग्ल्यान्डले विश्वकपको लागि आफ्नो १५ सदस्य प्रारम्भिक टोली घोषणा गर्दा स्टोक्स टोलीमा छैनन् ।

स्टोक्स विश्वकप खेलाडी छनोटमै समावेश नभएको बुझिएको छ । स्टोक्सले मानसिक स्वास्थ्यको कारण अघिल्लो महिना क्रिकेटबाट अनिश्चित विश्राम लिएका थिए । जुन विश्राम जारी रहेको इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । इंग्ल्यान्डको टोलीमा तीव्र गतिका बलर टाइमल मिल्सले पूनरागमन गरेका छन् ।

डेथ ओभरका प्रमुख बलर जोफ्रा आर्चरले चोटका कारण विश्वकप गुमाउने भएपछि इंग्ल्यान्डले मिल्सलाई टोलीमा समेटेको छ । उनले २०१७ पछि टोलीमा पूनरागमन गरेका हुन् । घरेलु प्रतियोगिता द हन्ड्रेड र टि२० ब्लास्टमा उत्कृष्ट प्रदर्शन गर्दै मिल्स टोलीमा फर्किएका हुन् । इंग्ल्यान्डले आगमी अक्टोबर १० मा आफ्नो अन्तिम टोली टुङ्गो लगाउने जनाएको छ । उपाधिको दाबेदार इंग्ल्यान्ड सुपर १२ को समूह ए मा छ । इंग्ल्यान्डले पहिलो खेल अक्टोबर २३ मा वेस्टइन्डिजसँग खेल्ने छ । त्यसअघि पाकिस्तानसँग दुई टि२० आई खेल खेल्ने छ । जुन अक्टोबर १४ र १५ मा हुने छ ।


विश्वकपमा इंग्ल्यान्डको प्रारम्भिक टोली : ओईन मोर्गन (कप्तान), मोईन अली, जोनी बेयरस्टो, साम बिलिंग्स, जस बटलर, साम करन, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, डेविड मलान, टाइमल मिल्स, आदिल राशिद, जेसन रोय, डेविड विल्ली, क्रिस वोक्स र मार्कवुड । भ्रमण वैकल्पिक खेलाडी : टम करन, लियाम दासन र जेम्स भिन्स ।

टि२० विश्वकपमा समूह चरण :

पहिलो चरण :

समूह ए : नेदरल्यान्ड्स, आयरल्यान्ड, नामिबिया र श्रीलंका

समूह बी : ओमान, पिएनजी, बंगलादेश र स्टकल्यान्ड

सुपर १२ :

समूह ए : इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, अष्ट्रेलिया, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता ।

समूह बी : भारत, पाकिस्तान, अफगानिस्तान, न्युजिल्यान्ड, पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता ।

यो पनि पढ्नुहोस् : क्रिकेटबाट स्टोक्सको अनिश्चित विश्राम

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.