4 years ago
September 10, 2021
एजेन्सी – तालिबान विद्रोहीले अफगानिस्तान कब्जा गर्दै सत्ता सम्हालेपछि अफगानिस्तान क्रिकेट टोलीको टेस्ट (पूर्ण सदस्य राष्ट्र) मान्यता गुम्ने खतरा बढेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) लाई निलम्बन गर्नुको साथै टेस्ट मान्यता खोस्ने सम्भावना बढेको छ ।

तालिबानले मंगलबार अन्तरिम सरकारको घोषणा गरेसँगै सम्पूर्ण महिला खेलकुदको गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । महिला टोलीलाई प्रतिबन्ध लगाउँदा अफगानिस्तानको टेस्ट मान्यता गुम्ने खतरा देखिन्छ । आइसिसीको कुनैपनि टोली टेस्ट मान्यता पाउन त्यस देशको महिला टोलीले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवैले खेल्ने हुनुपर्छ । त्यस कारण अफगानिस्तान टेस्टबाट एसोसियटमा झर्ने सम्भावना छ ।
अर्कोतर्फ एसिबीमा तालिबानको प्रत्यक्ष सम्पर्क, हस्तक्षेप र सम्लग्नता देखिन्छ । तालिबानले पुरुष टोलीलाई पूर्णरुपमा साथ र समर्थन दिने जनाएको छ । तर आइसिसीले क्रिकेट राजनीति, बाहिरी हस्तक्षेप र भ्रष्टाचारबाट सधैं टाढा हुनुपर्ने बताउँदै निकै कडाई गर्दै आएको छ । राजनीतिक हस्तक्षेप भएका प्रतिबन्ध लगाउँदै आएको छ ।
पछिल्लो समय नेपाल र जिम्बावे त्यसका उदाहरण हुन् । जिम्बावेले प्रतिबन्धकै कारण २०१९ मा भएको ग्लोबल टि२० विश्वकप छनोटनै खेल्न पाएको थिएन । त्यसैले यस पटकको विश्वकपमा जिम्बावे छैन । नेपालले आइसिसीको रेखदेखमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो ।

अष्ट्रेलियाले विहीबार मात्र महिला टोलीले खेल्न नपाए नोभेम्बर अन्तिममा पुरुष टोलीसँग टेस्ट खेल नखेल्ने जनाएको छ । पछिल्लो समय अफगानिस्तानले विश्व क्रिकेटमा ठूलो फड्को मारेको छ । लगातार उत्कृष्ट प्रदर्शन गरेपछि अफगानिस्तान र आयरल्यान्डले सन् २०१७ जुनमासँगै टेस्ट मान्यता पाएका थिए । विश्व क्रिकेटमा विकास र फड्को रुपमा उदाहरणीय टोलीमा पर्ने अफगानिस्तान तालिबनको आगमनसँगै भविष्य अध्यारो देखिन थालिएको छ ।
अफगानिस्तान क्रिकेट बोर्डको १९९५ मा स्थापना भएको हो । २००१ मा क्रिकेटको सर्वोच्च संस्था आइसिसीले अफगानिस्तानलाई सम्बद्ध सदस्य दिएको थियो । अफगानिस्तानले आइसिसीको एसोसिएट सदस्य २०१३ मा मात्रै पाएको थियो । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले २००३ मा सदस्यता दिएको थियो ।
यो पनि पढ्नुहोस् : तालिबानको आगमनपछि अफगानिस्तान क्रिकेट कता ?
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]