default_image

4 years ago

September 19, 2021

आइपिएल आजदेखि फर्कंदै, मुम्बई र चेन्नई भिड्दै

205 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को रोकिएका बाँकी खेलहरु आजदेखि संयुक्त अरव इमिरेट्स (युएई) मा सुरु हुँदैछ । भारतमा दोस्रो लहरको कोरोना महामारीको कारण वैशाखमा स्थगित आइपिएलका बाँकी खेलहरु आजबाट सुरु हुनेछ । खेलाडी, अफिसियल र प्रशिक्षकमा कोरोना देखिएपछि गत आइपिएल बीचमै स्थगित भएको थियो ।

यसपटकको आइपिएल धेरै खेलाडीको लागि टि२० विश्वकप तयारी हुनेछ । आइपिएल फाइनल अक्टोबर १५ मा हुने छ । टि२० विश्वकप अक्टोबर १७ देखि युएई र ओमानमा सुरु हुँदै छ । आज बेलुका आइपिएलमा दुई सर्वाधिक सफल टोली चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि दुबईमा सुरु हुनेछ । मुम्बईको रोहित शर्मा र चेन्नईको महेन्द्रसिंह धोनीले कप्तानी गर्ने छन् । आइपिएलका यी दुई सर्वाधिक सफल टिम र कप्तानबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

चेन्नई र मुम्बईको खेललाई ‘आइपिएल क्लासिको’ पनि भनिन्छ । दुई सफल टोलीबीचको खेलसँगै आइपिएल फर्कनेछ । आइपिएलका २९ खेल सकिदा चेन्नई ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । चेन्नई मुम्बईलाई हराउँदै अंक तालिका शीर्षस्थानमा उक्लिने सोचमा छ । मुम्बई समान खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ । चेन्नईलाई हराउँदै मुम्बई दोस्रो स्थानमा फड्को मार्ने सोचमा देखिन्छ ।

मुम्बई र चेन्नई दुबैमा विश्वका स्टार खेलाडीको बाहुल्यता छ । मुम्बइको ओपनिङ रोहित शर्मा र क्विन्टन डी ककले गर्ने छन् । दुबै ठूलो इनिङ खेल्न सक्छन् । सूर्यकुमार यादव र ईशान किशन मुम्बईका मध्यक्रमका ब्याट्सम्यान हुन् । यी दुई युवा स्टारले मुम्बईबाट उत्कृष्ट प्रदर्शनका साथ भारतीय टि२० विश्वकप टोलीमा स्थान बनाइसकेका छन् ।

क्रुनाल पान्ड्या, काइरन पोलार्ड र हार्दिक पान्ड्या जस्ता विश्वस्तरिय अलराउन्डर मुम्बईमा छन् । पोलार्ड र हार्दिक ठूला सटका लागि चर्चित खेलाडी हुन् । दुबैले एकै ओभरमा खेललाई मोड्न सक्छन् । नाथन कुल्टर नाइल र जेम्श निसम मध्य एकले मौका पाउने छन् । राहुल चाहर मुम्बईका प्रमुख स्पिनर हुन् । जस्प्रित बुमराह र ट्रेन्ट बोल्टको जोडीले मुम्बईको तीव्र गतिको बलिङ युनिट बलियो छ ।

यता चेन्नईमा अनुभवी खेलाडीको बाहुल्यता छ । चेन्नईको ओपनिङ युवा ब्याट्सम्यान ऋतुराज गायकवाड र दक्षिण अफ्रिका फाफ डु प्लेसिसले गर्ने छन् । यी दुबै खेलाडी राम्रो लयमा छन् । आइपिएल स्थगित हुनुअघि फाफ डु प्लेसिसले ७ खेलमा ४ अर्धशतक सहित कुल ३ सय २० रन बनाएका थिए । यसै साता सम्पन्न क्वारेवियन प्रिमियर लिग (सिपिएल) मा शतक प्रहार गरेका थिए । दक्षिण अफ्रिका टि२० विश्वकप टोलीमा नपरेका फाफ डु प्लेसिसले आइपिएलमा सानदार प्रदर्शनका साथ छनोट समितिलाई राम्रो जवाफ दिन चाहन्छन् ।

मोईन ओली, सुरेश रैना र अम्बाति रायुडू जस्ता अनुभवी ब्याट्सम्यानले चेन्नईको मध्यक्रम ब्याटिङ बलियो बनेको छ । तल्लोक्रममा महेन्द्रसिंह धोनी छन् । विश्व क्रिकेटका सफल फिनिसर मानिन्छन् । रविन्द्र जडेजा, साम करन र ड्वेन ब्राभो जस्ता विश्वस्तरीय अलराउन्डर टोलीमा हुँदा ब्याटिङ र बलिङ दुबैमा सन्तुलित बनेको छ । यी चारै खेलाडी तल्लोक्रममा आक्रामक ब्याटिङ गर्न सक्छन् । पछिल्लो समय भारतीय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका शार्दूल ठाकुर पनि चेन्नईमै छन् । ठाकुर र दीपक चाहर तीव्र गतिका बलिङ हतियार हुन् ।

सर्वाधिक सफल कप्तान र टिम

आइपिएल इतिहासमा चेन्नई र मुम्बई सर्वाधिक सफल टिम हुन् । १३ संस्करण सकिँदा यी दुई टोलीले ८ उपाधि जितेका छन् । मुम्बईले ५ र चेन्नईले ३ उपाधि जितेका छन् । मुम्बईले ६ र चेन्नईले ८ पटक आइपिएलको फाइनल खेलेको छन् । चेन्नई गत वर्ष बाहेक अन्य सबै संस्करणमा प्लेअफमा पुग्ने एक्लो टोली ।

चेन्नईलाई धोनी र मुम्बईलाई रोहितले सवै उपाधि जिताएका हुन् । धोनीले १ सय ९५ खेलमा कप्तानी गर्दा १ सय १५ खेलमा जित र ७९ खेलमा हार बेहोरेका छन् । रोहितले १ सय २३ खेलमा कप्तानी गर्दा ७२ मा जित र ४७ मा हार बेहोरेका छन् । दुबै कप्तान शालिन, शान्त र खेलाडीलाई स्वतन्त्र छोड्नुको साथै विश्वास बढी गर्ने गर्दछन् ।

हेड टु हेड :

मुम्बई र चेन्नईबीच हालसम्म ३१ खेल भएको छन् । मुम्बई १९ खेलमा विजयी हुँदा १२ खेलमा पराजित भएको छ । पहिलो खेलमा मुम्बईले चेन्नईलाई ४ विकेटले पराजित गरेको थियो । जसक्रममा मुम्बईले २ सय १९ रनको विजयी लक्ष्य सफल रुपमा पूरा गरेको थियो । गतवर्ष पहिलो खेलमा मुम्बई ५ विकेटले पराजित हुँदा दोस्रो खेलमा १० विकेटले विजयी भएको थियो । २०१९ मा चेन्नईलाई एक रनले हराउँदै मुम्बईले उपाधि जितेको थियो । त्यस सिजनका चारै खेलमा मुम्बईले जितेको थियो । मुम्बईले जितेका पाँच मध्य तीन उपाधि फाइनलमा चेन्नईलाई हराउँदै छ । २०१८ यता यी दुई टोलीबीच ८ खेल हुँदा मुम्बई ६ खेलमा विजयी भएको छ ।

अंक तालिका

दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंकका साथ शीर्षस्थानमा छ । चेन्नई सुपर किंग्स ७ खेलमा ५ जित र २ मा हार सहित १० अंक दोस्रो स्थानमा । रोयल च्यालेन्जर्स बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक बटुल्दै चौथो स्थानमा छ ।

राजस्थान रोयल्स ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंकका साथ पाँचौं स्थानमा छ । पन्जाब ८ खेलमा ५ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै छैटौं स्थानमा छ । कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ सातौ स्थानमा छ । सनराइजर्स हैदराबाद ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.