4 years ago
September 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली ओमानविरुद्ध पहिला बलिङ गर्ने भएको छ । अल अमरेत क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आज टोलीमा दुई परिवर्तन गरेको छ । अनुभवी ब्याट्सम्यान शरद भेषावकर र आरिफ शेखले आजको खेलमा मौका पाएका छन् । नेपालले कुशल मल्ल र गुलशन झालाई बेन्चमा राखेको छ । नेपालले युवा अलराउन्डर कुशल मल्ललाई खराब प्रदर्शनको कारण आज बेन्चमा राखेको हो । उनले ओमान भ्रमणमा ५ खेलमा ७ रन बनाएका थिए । पपुवा न्युगिनीसँग दुबै खेलमा १-१ रनमा आउट भएका थिए । अमेरिकासँग पहिलो खेलमा एक र दोस्रो खेलमा शून्यमा आउट भएका थिए ।
ओमानसँग पहिलो खेलमा ४ रनमा आउट भएका थिए । शरदले दबाबमा मध्यक्रममा टोलीलाई सम्हाल्न सक्छन् । उनको अनुभवको नेपाली क्रिकेटलाई आवश्यक पनि छ । शरदको आगमनले मध्यक्रम बलियो हुने आशा राखिएको छ । शरद पार्टटाइम राम्रो स्पिन बलिङ गर्ने गर्दछन् । शरद पहिलो खेलमा पपुवा न्युगिनीसँग ६ रनमा आउट भएपछि पहिलो पटक मौका पाएका हुन् ।

अमेरिकाविरुद्ध डेब्यू गर्दै ब्याटिङमा २८ रन जोडेका गुलशनले बलिङ ३ ओभरमा ३१ रन खर्चेका थिए । कमजोर बलिङ गरेका गुलशनको स्थानमा आरिफले मौका पाएका छन् । मध्यक्रम बलियो बनाउन नेपालले आरिफ शेखलाई मौका दिएको हो । आरिफ पपुवा न्युगिनीसँग पहिलो खेलपछि टोलीमा छैनन् । आरिफ मध्यक्रममा भरपर्दा ब्याट्सम्यान हुन् । अर्कोतर्फ पार्टटाइममा मध्यगतिमा राम्रो बलिङ गर्ने गर्दछन् ।
मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको यो नेपाली क्रिकेट टिमका लागि अन्तिम खेल हो । नेपाली खेलाडी ह्वाटमोरलाई जितका साथ बिदाई गर्न चाहन्छन् । ह्वाटमोरले ओमान भ्रमणपछि नेपाली टोली छाड्ने गरि राजीनामा दिइसकेका छन् । पछिल्ला दुई खेलमा नेपालको ब्याटिङ र बलिङ दुवै चलेको छैन । ओमानसँग ५ विकेट र अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । दुबै खेलमा बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा नेपालले कमजोर प्रदर्शन गरेको थियो । त्यसैले टोलीमा दुई परिवर्तन गरेको छ ।
नेपालको प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, शरद भेषावकर, सोमपाल कामी, आरिफ शेख, करण केसी, विनोद भण्डारी(विकेटकिपर), सन्दीप लामिछाने र सुशान भारी ।
हेड टु हेड :
नेपाल र ओमानबीच तीन ओडिआई खेल भएको छ । ओडिआईमा नेपालले ओमानलाई हराउन सकेको छैन । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । ओमानले गत वर्ष नेपाललाई घरेलु मैदानमै पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित गरेको थियो । अन्तर्राष्ट्रिय खेलमा ओमानले नेपाललाई सहजै पराजित गर्दै आएको छ ।
२०१९ मा पाँच टोलीबीचको टि२० सिरिजमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । २०१८ को एसिया कप छनोटमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । २ सय २१ रन बनाएपनि नेपाल पराजित हुन पुगेको थियो । त्यसै वर्ष डिभिजन २ को खेलमा ओमानले नेपाललाई ६ विकेटले हराएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]