default_image

4 years ago

September 19, 2021

सन्दीप र करणको उत्कृष्ट बलिङमा ओमान सस्तैमा समेटियो

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपाललाई आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा ओमानले १ सय २२ रनको सामान्य लक्ष्य दिएको छ ।

अल अमरेत क्रिकेट मैदान मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमान ३७.१ ओभरमा १ सय २१ रनमा अल आउट भयो । ओमानका कप्तान जिशान मकसुदले ६६ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । कप्तान मकसुद बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालको घातक बलिङसामू ओमानका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्

करणको तेस्रो ओभरको चौथो बलमा स्कुपसट खेल्नेक्रममा एज लागेर ओपनर जतिन्दर सिंह फस्ट स्लिपमा आसिफ शेखबाट १३ रनमा क्याच आउट हुन पुगेका थिए । पहिलो खेलमा नेपालविरुद्ध शतक प्रहार गरेका जतिन्दरले दोस्रो खेलमा १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । जतिन्दर आउट भएपछि ओमानले लगातार विकेट गुमाएको थियो ।

करणको सातौं ओभरको पाँचौ बलमा टप एज लागेर डेब्यू खेल खेलेका सुफ्यान मोहम्मद चार रनमा सुशान भारीबाट क्याच आउट हुन पुगे । नवौं ओभरको पाँचौं बलमा करणले अयान खानलाई ७ रनमा बोल्ड आउट गर्दै ओमानलाई ३०–३ को अवस्थामा पुर्याए । त्यसपछि लेग स्पिनर सन्दीप लामिछानेले ओमानको ब्याटिङ ध्वस्त बनाएका थिए ।

सन्दीपले ११ औं ओभरको अन्तिम बलमा मोहम्मद नदीमलाई चार रनमा एलबीडब्लू आउट गरे । सन्दीपलेनै १४ औं ओभरको चौथो बलमा नेपाली मुलका विकेटकिपर सुरज कुमारलाई शून्यमा बोल्ड आउट गरे । लगत्तै सन्दीप अर्को बलमा नेस्टर धम्बालाई एलबीडब्लू आउट गर्दै ह्याट्रिक नजिक पुगेका थिए । अन्तिम बलम सन्दीप गौडले ह्याट्रिक हुनबाट रोके ।

त्यसपछि पार्टटाइम स्पिनर शरद भेषावकरले दुई विकेट लिँदै ओमानलाई कम योगफल नजिक पुर्याएका थिए । शरदको २२ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका सन्दीप गौडे सुशान भारीबाट ८ रनमा क्याच आउट हुन पुगे । ओडिआईमा शरदको यो पहिलो विकेट हो । शरदको ३० औं ओभरको चौथो बलमा ठूलो सट खेलेका नसीम खुसी १२ रनमा कुशल भुर्तेलबाट क्याच आउट भए । तल्लोक्रमका कलिमुल्लाह १२ र विलाल खानले ९ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ८.१ ओभरमा २ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए । करण केसीले ८ ओभरमा १ मेडन सहित २५ रन खर्चेर ४ विकेट लिए । स्पिनर शरद भेषावकरले ६ ओभरमा १ मेडन सहित २१ रन खर्चेर २ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.