4 years ago
September 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानले प्रस्तुत गरेको सामान्य विजयी लक्ष्य पछ्याउने क्रममा मजबुत सुरुवात गरेको छ ।

जितको लागि १ सय २२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा १ विकेट गुमाउँदै ४९ रन बनाएको छ । नेपालका युवा ओपनर आसिफ शेख २२ बलमा ५ चौका सहित २२ रनमा अविजित छन् । कप्तान ज्ञानेन्द्र मल्ल १८ बलमा १ चौका सहित १७ रनमा अविजित छन् ।
ओपनर आसिफ शेख र कुशल भुर्तेलले नेपाललाई पहिलो विकेटका लागि १६ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेल कलिमुल्लाहको चौथो ओभरको पहिलो बलमा खराब सटका साथ फस्ट स्लिपमा जतिन्दर सिंहबाट ६ रनमा क्याच आउट हुँदै पेभिलिएन फर्के । कुशलले ८ बलमा १ चौका प्रहार गरे । त्यसपछि आसिफ र ज्ञानेन्द्रले राम्रो साझेदारी गर्दै नेपाललाई सहज जितर्फ अगाडि बढाएका छन् ।
त्यसअघि अल अमरेत क्रिकेट मैदान मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमान ३७.१ ओभरमा १ सय २१ रनमा अल आउट भएको थियो । ओमानका कप्तान जिशान मकसुदले ६६ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । कप्तान मकसुद बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालको घातक बलिङसामू ओमानका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । तल्लोक्रमका कलिमुल्लाह १२ र विलाल खानले ९ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले ८.१ ओभरमा २ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए । करण केसीले ८ ओभरमा १ मेडन सहित २५ रन खर्चेर ४ विकेट लिए । स्पिनर शरद भेषावकरले ६ ओभरमा १ मेडन सहित २१ रन खर्चेर २ विकेट लिए । यसअघि नेपाल पहिलो खेलमा ओमानसँग ५ विकेटले पराजित भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]