default_image

4 years ago

September 19, 2021

मुम्बईमाथि उत्कृष्ट जितसँगै चेन्नई शीर्षस्थानमा

152 views

0 Bookmark

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई २० रनले पराजित गरेको छ । चेन्नईले मुम्बईलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३६ रन बनायो ।

मुम्बईका सौरभ तिवारी ४० बलमा ५ चौका सहित सर्वाधिक ५० रनमा अविजित रहे । कप्तान रोहित शर्मा र स्टार अलराउन्डर हार्दिक पान्ड्याा विनानै मैदान उत्रेको मुम्बईले कमजोर ब्याटिङ गर्न पुग्यो । तीव्र गतिका बलर दीपक चाहरले ओपनर क्विन्टन डी ककलाई तेस्रो ओभरको दोस्रो बलमा १७ रनमा एलबीडब्लू आउट गर्दै चेन्नईलाई पहिलो सफता दिलाएका थिए । डी ककले १२ बलमा ३ चौका प्रहार गरे ।

पाँचौं ओभरको अन्तिम बलमा चाहरले अनोमलप्रित सिंहलाई १६ रनमा बोल्ड आउट गरे । सिंहले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे । छैटौं ओभरको चौथो बलमा शार्दूल ठाकुरले मुम्बईका प्रमुख ब्याट्सम्यान सूर्यकुमार यादवलाई तीन रनमा फाफ डु प्लेसिबाट क्याच आउट गराएका थिए । ड्वेन ब्राभोले १० औं ओभरको दोस्रो बलमा ईशान किशनलाई ११ रनमा सुरेश रैनाबाट क्याच आउट गराएपछि मुम्बई समस्यामा परेको थियो ।

कप्तान काइरन पोलार्डलाई जोश हेजलवुडले १५ रनमा एलबीडब्लू आउट गरेपछि चेन्नई जिततर्फ अघि बढेको थियो । क्रुनाल पान्ड्या ४ रनमा आउट भए । एडम मिल्नेले १५ रन बनाए । चेन्नईका दीपक चाहरले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । ड्वेन ब्राभोले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुड र शार्दूल ठाकुरको नाममा एक एक विकेट रह्यो।


त्यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । चेन्नईलाई प्रतिस्पर्धात्मक योगफलमा पुर्याउन युवा ब्याट्सम्यान ऋतुराज गायकवाडले ५८ बलमा ९ चौका र ४ छक्का सहित ८८ रनका उत्कृष्ट अविजित इनिङ खेले ।


फाफ डु प्लेसिस, मोईन अली र अम्बाती रायुडूले खाता नखोली शून्यमा आउट हुँदा चेन्नई ७–३ को कमजोर अवस्थामा पुगेको थियो । सुरेश रैना चार र कप्तान महेन्द्रसिंह धोनी तीन रनमा आउट हुँदा एक समय चेन्नई ६ ओभरमा २४–४ को कमजोर अवस्थामा पुगेको थियो । छैटौं विकेटका लागि ऋतुराज र रविन्द्र जडेजाले ८४ रनको महत्वपूर्ण साझेदारी गर्दै चेन्नईलाई खेलमा फर्काएका थिए । रायुडू रिटायर्ट हर्ट भएका थिए ।


जडेजाले ३३ बलमा १ चौका सहित २६ रनको योगदान दिए । ड्वेन ब्राभोले ८ बलमा ३ छक्का सहित २३ रनको महत्वपूर्ण योगदान दिए । मुम्बईका ट्रेन्ट बोल्ट, एडम मिल्ने र जस्प्रित बुमराहले दुई दुई विकेट लिए । मुम्बईले अव बिहिबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । चेन्नईले शुक्रबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ । कोरोना महामारीको कारण गत वैशाखमा स्थगित भएको आइपिएल २०२१ का बाँकी खेलहरु आइतबारदेखि सुरु भएका हुन् ।

अंक तालिका

चेन्नई सुपर किंग्स ८ खेलमा ६ जित र २ मा हार सहित १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक भएपनि नेट रनरेटका कारण दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंक बटुल्दै चौथो स्थानमा छ ।

राजस्थान रोयल्स ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंकका साथ पाँचौं स्थानमा छ । पन्जाब ८ खेलमा ५ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै छैटौं स्थानमा छ । कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ सातौ स्थानमा छ । सनराइजर्स हैदराबाद ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.