4 years ago
September 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती ओमानलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको छ । ओडिआई क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित गरेको हो ।

जितको लागि १ सय २२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ल ४६ बलमा ४ चौका र २ छक्का सहित ५२ रनमा अविजित रहे । युवा ब्याट्सम्यान तथा ओपनर आसिफ शेखले ४४ बलमा ७ चौका सहित ४० रनको योगदान दिए ।
नेपाललाई सहज जित दिलाउन आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ९५ रनको कीर्तिमानी साझेदारी गरेका थिए । ओमानका नेस्टर धम्बाले सर्वाधिक दुई विकेट लिए । कलिमुल्लाहले एक एक विकेट लिए ।
त्यसअघि अल अमरेत क्रिकेट मैदान मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमान ३७।१ ओभरमा १ सय २१ रनमा अल आउट भएको थियो । ओमानका कप्तान जिशान मकसुदले ६६ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । कप्तान मकसुद बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालको घातक बलिङसामू ओमानका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

तल्लोक्रमका कलिमुल्लाह १२ र विलाल खानले ९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ८।१ ओभरमा २ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए । करण केसीले ८ ओभरमा १ मेडन सहित २५ रन खर्चेर ४ विकेट लिए । स्पिनर शरद भेषावकरले ६ ओभरमा १ मेडन सहित २१ रन खर्चेर २ विकेट लिए ।
नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । ओमानसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । अमेरिकासँग दोस्रो खेलमा भने नेपाल ६ विकेटले पराजित हुन पुगेको थियो । योसँगै नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंक जोड्दै अंक तालिका चौथो स्थानमा उक्लिएको छ । नेपालले अोमानलाई पराजित गर्दा बनेका तीन कीर्तिमान यस प्रकार छन् ।
३. ज्ञानेन्द्रको सर्वाधिक अर्धशतक

नेपाललाई जिताउन ज्ञानेन्द्रले अविजित अर्धशतकीय इनिङ खेलेका थिए । ज्ञानेन्द्रको ओडिआईमा यो चौथो अर्धशतक हो । नेपालबाट ओडिआईमा चौथो अर्धशतक प्रहार गर्ने ज्ञानेन्द्र पहिलो खेलाडी बनेका छन् । ज्ञानेन्द्रपछि रोहित कुमार पौडेलले ओडिआईमा तीन अर्धशतक प्रहार गरेका छन् ।
यी दुई खेलाडी बाहेक अन्य ८ खेलाडीले नेपालबाट ओडिआईमा अर्धशतक प्रहार गरेका छन् । ज्ञानेन्द्रले पहिलो अर्धशतक २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआई डेब्यू खेलमै ५१ रन बनाएका थिए । गतवर्ष ओमानसँग दोस्रो खेलमा ५६ र शुक्रबार अमेरिकासँग ५५ रन बनाएका थिए ।
२. सर्वाधिक ठूलो साझेदारी

नेपाललाई सहज जित दिलाउन ज्ञानेन्द्र र आसिफले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए । जुन नेपालको ओडिआईमा कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।
यसअघि पिएनजीसँगको दोस्रो खेलमा ज्ञानेन्द्र र रोहित कुमार पौडेलले तेस्रो विकेटका लागि ८९ रनको सर्वाधिक साझेदारी गरेका थिए । जुन साझेदारी ओमानविरुद्ध आसिफ र ज्ञानेन्द्रले तोडेका हुन् ।
१.ओडिआईमा ओमानमाथि पहिलो जित

नेपालले ओडिआई खेलमा ओमानलाई पहिलो पटक पराजित गरेको हो । यसअघिका तीनै खेलमा ओमानले नेपाललाई सहजै पराजित गरेको थियो । गतवर्ष ओमानले पहिलो खेलमा नेपाललाई घरेलु मैदान टियुमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित गरेको थियो ।
यस त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई पराजित गरेको थियो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ओमानलाई २०१३ को डिभिजन टु पछि पहिलो पटक पराजित गरेको हो । २०१३ मा नेपालले ओमानलाई २८ रनले पराजित गरेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]