default_image

4 years ago

September 20, 2021

ओमानलाई हराउन नायक बनेका पाँच नेपाली खेलाडी

290 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती ओमानलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको छ । ओडिआई क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित गर्दै भ्रमण सुखद अन्त्य गरेको छ ।

जितको लागि १ सय २२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । त्यसअघि अल अमरेत क्रिकेट मैदान मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमान ३७.१ ओभरमा १ सय २१ रनमा अल आउट भएको थियो ।

पाकिस्तानी मुलका खेलाडीको बाहुल्यता भएको ओमान नेपालमाथि निरन्तर हाबी हुँदै आएको थियो । गतवर्ष नेपाललाई घरेलु मैदान टियुमा ओमानले दुबै खेलमा सहज जित हात पारेको थियो । यस पटक ओमानले आफ्नो घरेलु मैदानमा पहिलो खेलमा ५ विकेटको सहज जित हात पारेको थियो । पहिलो खेलमा नेपाल टस जितेर खेल हार्न पुगेको थियो । तर दोस्रो खेलमा नेपालले टस जित्दै बलिङ रोज्ने निर्णय लियो । जुन नेपालका लागि सहि सावित भयो । पाकिस्तानी मुलका खेलाडीको बाहुल्यता भएको ओमानलाई उसकै घरमा सहजै जित निकाल्नु सामान्य कुरा भने होईन ।

नेपालले ओमानसँग खेलमा ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शनका साथ सहज जित हात पारेको थियो । बलिङमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सस्तैमा अल आउट गरेपछि नेपालको जित सहज बनेको थियो । ओमानलाई उसकै घरेलु मैदानमा सहजै पराजित गर्न नेपालबाट नायक बनेका पाँच खेलाडी यस प्रकार छन् ।

५. शरद भेषावकर

नेपाली टोलीका सर्वाधिक अनुभवी खेलाडी शरदले ब्याटिङबाट धेरै योगदान दिने अवसर पाएनन् । उनले अन्तिममा एक रन बटुल्दै नेपाललाई जित पक्का गराएका थिए । तर बलिङमा तल्लोक्रममा उनले दुई विकेट दिँदै ओमानलाई सस्तैमा समेट्न महत्वपूर्ण योगदान दिएका थिए ।

खराब ब्याटिङ गरेको ओमानलाई तल्लोक्रममा दुई अलराउन्डर सन्दीप गौड र नसिम खुशी अन्तिम आशाका रुपमा थिए । शरदले खुशीलाई १२ र गौडलाई ८ रनमा क्याच आउट गराएका थिए । यी दुबै अलराउन्डर राम्रो ब्याटिङको क्षमता राख्छन् । कप्तान जिशान मकसुदलाई शरदले अर्को इनिङबाट साथ दिन पाएनन् । यी दुई खेलाडीले मकसुदसँग राम्रो साझेदारी गर्न पाएको भए ओमानले खेलमा पूनरागमन गर्न सक्थ्यो ।


४.आसिफ शेख


युवा ओपनर आसिफ शेखले ४४ बलमा ७ चौका सहित ४० रनमा आउट भए । आसिफ र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ९५ रनको उत्कृष्ट इनिङ खेलेका थिए । नेपाल सानो इनिङ पछ्याउनै धेरै पटक संघर्ष गरेको थुप्रै उदाहरण छन् । तर आसिफले पावर प्लेमा नेपाललाई उत्कृष्ट सुरुवात दिदै सहज जित दिलाए । आसिफले कुनैपनि समय ओमानका बलरलाई हाबी हुन दिएनन् । नेपालको जितमा उनले महत्वपूर्ण योगदान दिए ।

३. ज्ञानेन्द्र मल्ल

कप्तान ज्ञानेन्द्र मल्लले ओमानसँग खेलमा कप्तानी इनिङ खेलेका थिए । ज्ञानेन्द्र ४६ बलमा ४ चौका र २ छक्का सहित ५२ रनमा अविजित रहे । लगातार दोस्रो अर्धशतक प्रहार गर्दै नेपाललाई सहजै जित दिलाउन सफल रहे । ज्ञानेन्द्रले आसिफसँग दोस्रो विकेटका लागि गरेको साझेदारी नेपालका लागि महत्वपूर्ण रह्यो । ज्ञानेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपालले सहजै जित निकाल्न सफल भयो ।


२. सन्दीप लामिछाने

ओमानलाई सस्तैमा अल आउट गर्न स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका थिए । सन्दीपले ओमानको मध्यक्रम ध्वस्त बनाएपछि नेपालले सामान्य लक्ष्य पाएको थियो । तीव्र गतिका बलर करण केसीले शीर्षक्रम पेभिलिएन फर्काएपछि ओमानको ब्याटिङ मध्यक्रममा अडिएको थियो ।

सन्दीपले १४ औं ओभरमा विकेटकिपर सुरज कुमार र नेस्टर धम्बाको विकेट खेलको एक टर्निङ प्वाइन्ट थियो । ओमानका प्रमुख अलराउन्डर मोहम्मद नदीमको विकेट लिएपछि नेपालको जित सहज बनेको थियो । सन्दीपले ८.१ ओभरमा २ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए ।


१. करण केसी

करण नेपालको जितका सुपर हिरो हुन् । टस जितेर पहिला बलिङ रोजेको नेपाललाई करणले ड्रिम सुरुवात दिलाएका थिए । ओमानलाई उसकै घरेलु मैदानमा कम योगफलमा समेट्न उत्कृष्ट सुरुवातको आवश्यक थियो । ओमानका प्रमुख चार ब्याट्सम्यानलाई आउट गरेपछि ठूलो योगफलको सम्भावना सकिएको थियो ।

करणको उत्कृष्ट सुरुवातले अन्य बलरलाई पनि सहज भयो । करणले तेस्रो ओभरमै ओपनर जतिन्दर सिंहलाई १३ रनमा क्याच आउट गराएका थिए । त्यस्तै सुफ्यान मोहम्मद र अयान खानलाई आउट गर्दै ओमानलाई ३०–३ को कमजोर अवस्थामा पुर्याएका थिए । कप्तान जिशान मकसुदलाई ४१ रनमा आउट गरेका थिए । करणनै खेलको प्लेयर अफ द म्याच चुनिए । असली हकदार पनि उनी थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.