4 years ago
September 20, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३१ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुने छ । बेंगलोरको कप्तानी विराट कोहली र कोलकता ओईन मोर्गनले गर्ने छन् ।

बेंगलोरमा आज श्रीलंका युवा लेगस्पिनर वानिन्दु हसरंगाले डेब्यू गर्ने सम्भावना छ । वानिन्दु हसरंगाले श्रीलंकाबाट अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । टि२० विश्व वरियता बलिङतर्फ दोस्रो स्थानका वानिन्दुले तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । वानिन्दुको आगमनले बेंगलोर थप मजबुत बनेको छ । बेंगलोरको चार विदेशी खेलाडीको रुपमा ग्लेन म्याक्सवेल, एवि डिभिलियर्स, काइल जेमिसन र वानिन्दुको बलियो सम्भावना छ ।
न्युजिल्यान्डका तीव्र गतिका बलिङ अलराउन्डर जेमिसनको बलमा स्वीग र वाउन्सर छ । तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । ग्लेन म्याक्सवेल र डी भिलियर्स बेंगलोरका प्रमुख ब्याट्सम्यान हुन् । यी दुबै विष्फोटक ब्याटिङको लागि चर्चित विश्व स्टार हुन् । विराट कोहली र देवदत्त पाडिक्कलले बेंगलोरको ओपनिङ गर्ने छन् । विराट एकै टोलीबाट २ सय आइपिएल खेल्ने पहिलो खेलाडी बन्दै छन् । पाडिक्कलले आइपिएलमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । आइपिएल स्थगित हुनुअघि पाडिक्कलले राजस्थान रोयल्सविरुद्ध १ सय १ रनको अविजित शतकीय इनिङ खेलेका थिए । वासिन्टन सुन्दर चोटका कारण टोलीमा हुने छैनन् ।

सुन्दर नहुँदा मध्यक्रम बलियो बनाउन बेंगलोरले मोहम्मद अजहरुद्दिनलाई खेलाउन सक्छ । हर्षल पटेल र मोहम्मद शिराज तीव्र गतिको बलरका खेल्ने छन् । हर्षलले स्थगित हुनुअघि उत्कृष्ट प्रदर्शन गर्दै ७ खेलमा १७ विकेट लिएका थिए । युजभेन्द्र चहल प्रमुख स्पिनर हुन् । भारतीय टि२० विश्वकप टोलीमा नपरेका चहल उत्कृष्ट प्रदर्शनका साथ छनोट समिति र कप्तानलाई राम्रो जवाफ दिने सोचमा छन् ।
सातौं स्थानमा रहेको कोलकतालाई प्लेअफको सम्भावना कायमै राख्न जित्नै पर्ने दबाब छ । सुभमन गिल र नितिश राणाले ओपनिङ गर्ने छन् । राहुल त्रिपाठीलाई मध्यक्रममा खेलाउने छ । कप्तान ओईन मोर्गन, विकेटकिपर दीनेश कार्तिक र आन्द्रे रसेलको प्रदर्शन निकै महत्वपूर्ण हुने छ । मोर्गनको पछिल्लो समय प्रदर्शन राम्रो हुन सकेको छैन ।

रसेलले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । रसेल ब्याटिङ र बलिङ दुबैमा खेल जिताउन सक्ने खेलाडी हुन् । रसेल एकै ओभरमा खेललाई मोड्न सक्छन् । न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसन प्रमुख हतियार हुन् । प्याट कमन्सिले आइपिएलबाट आफ्नो नाम फिर्ता लिई सकेका छन् । स्पिनर सुनिल नारायण र बरुण चक्रवर्तीको प्रदर्शन बेंगलोरलाई घातक बन्न सक्छ ।
हेड टु हेड :
पहिलो खेलमा कोलकता बेंगलोरसँग ३८ रनले पराजित भएको थियो । पछिल्ला चार खेलमा कोलकाताले बेंगलोरलाई पराजित गर्न सकेको छैन । आइपिएलमा बेंगलोर र कोलकताबीच कुल २७ खेल भएका छन् । कोलकता १४ खेलमा विजयी हुँदा १३ खेलमा पराजित भएको छ ।
अंक तालिका
चेन्नई सुपर किंग्स ८ खेलमा ६ जित र २ मा हार सहित १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक भएपनि नेट रनरेटका कारण दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंक बटुल्दै चौथो स्थानमा छ ।
राजस्थान रोयल्स ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंकका साथ पाँचौं स्थानमा छ । पन्जाब ८ खेलमा ५ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै छैटौं स्थानमा छ । कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ सातौ स्थानमा छ । सनराइजर्स हैदराबाद ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]