default_image

4 years ago

September 20, 2021

बेंगलोर ९२ रनमा अल आउट

206 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३१ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्सलाई ९३ रनको सामान्य लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको बेंगलोर १९ ओभरमा ९२ रनमा अल आउट भयो । बेंगलोरका देवदत्त पाडिक्कलले सर्वाधिक २२ रनको योगदान दिए । कप्तान विराट कोहली, एवि डिभिलियर्स र ग्लेन म्याक्सवेल जस्ता प्रमुख ब्याट्सम्यान चल्न नसकेपछि बेंगलोर सस्तैमा अल आउट भएको हो । बेंगलोरका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

तीव्र गतिका बलर प्रसिद्ध कृष्णले दोस्रो ओभरको चौथो बलमा कप्तान विराट कोहलीलाई पाँच रनमा एलबीडब्लू आउट गरेका थिए । छैटौं ओभरको अन्तिम बलमा तीव्र गतिका बलर लोकी फर्गुसनले पाडिक्कललाई २२ रनमा विकेटकिपर दीनेश कार्तिकबाट क्याच आउट गराए । पाडिक्कलले २० बलमा ३ चौका प्रहार गरे ।

आन्द्रे रसेलले स्रिकर भारतलाई सुभमन गिलबाट १६ रनमा क्याच आउट गराए । रसेलले नवौं ओभरको चौथो बलमा बेंगलोरका प्रमुख ब्याट्सम्यान एवि डिभिलियर्सलाई बोल्ड गर्दै गोल्डेन डक आउट गरेका थिए । १२ औं ओभरको चौथो बलमा ग्लेन म्याक्सवेललाई बरुण चक्रवर्तीले ग्लेन म्याक्सवेललाई १० रनमा बोल्ड आउट गरेपछि बेंगलोर संकटमा परेको थियो ।

लगत्तै अर्को बलमा वानिन्दु हसरंगा गोल्डेन डक आउट हुन पुगे । जेमिसन ४ र सचिन बेबी ७ रनमा आउट हुँदा बेंगलोर ७६–८ को अवस्थामा पुगेको थियो । हर्षल पटेल १२ रनमा आउट भए । मोहम्मद शिराज ८ र युजभेन्द्र चहल २ रनमा आउट भए ।

कोलकाता वरुण चक्रवर्तीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । लोकी फर्गुसनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । आन्द्रे रसेलले ३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । प्रसिद्ध कृष्णको नाममा एक विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.