default_image

4 years ago

September 22, 2021

ओमान भ्रमणमा नेपालका पाँच सकरात्मक पक्ष

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले औसत प्रदर्शन गरेको छ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग समान एक एक खेलमा जित र हार बेहोर्न पुग्यो ।

नेपालको प्रदर्शन अपेक्षा अनुसार रहन सकेन । ब्याटिङ अपेक्षा अनुसार हुन सकेन । गत वैशाखमा भएको टि२० त्रिकोणात्मक सिरिजपछि टोलीबाट ब्याटिङमा बढी आशा राखेको थियो । तर ओमान भ्रमणको पहिलो खेलमै पपुवा न्युगिनीविरुद्ध १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याउनेक्रममा पूरा गर्न ८ विकेट गुमाउँदै संघर्ष गरेको थियो । पहिलो खेलकै संघर्षले टोलीलाई पूरै खेलमा मनोबल बढाएको थियो । नेपालले जितेका चार खेलनै उत्कृष्ट बलिङ प्रमुख कारण थिए ।

अन्तिम खेलमा नेपालले राम्रो पूनरागमन गर्दै ओमानलालई पराजित गर्यो । मुख्य प्रशिक्षक डेभ ह्वाटमोरलाई नेपालले जितका साथ सुखद बिदाई गरेको थियो । लगातार दुई हारपछि नेपालले उत्कृष्ट पूनरागमनका साथ जित निकालेको थियो । यसअघि ओमानविरुद्ध मनोबल कमजोर रहन्छ भन्ने आरोपलाई गलत सावित गर्यो । ओमानबाट नेपालले थुप्रै पाठ सिकेको छ । नयाँ उर्जा र सम्भावना देखाएको छ । ओमानमा नेपालका सकरात्मक र कमजोरी दुवै रहे । त्यसमा ओमान भ्रमणमा नेपाली टोलीमा देखिएको पाँच सकरात्मक पक्ष

५. सन्दीपको लगातार उत्कृष्ट प्रदर्शन

सन्दीप नेपाली टोलीका प्रमुख खेलाडी हुन् । उनीबाट नेपालले सधैं उच्च प्रदर्शनको अपेक्षा राख्छ । नेपालको चारै जितमा सन्दीप नायक बने । पिएनजीलाई पहिलो खेलमा सस्तैमा समेट्न सन्दीपले पहिलो खेलमा १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिदै प्लेयर अफ द म्याच चुनिए । दोस्रो खेलमा नेपाललाई १ सय ५१ रनले विजयी गराउन सन्दीपले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए ।

अमेरिकालाई पाँच विकेटले पराजित गर्दा सन्दीपले दुई विकेट लिएका थिए । ओमानसँगको पहिलो खेलमा पेटमा समस्याको कारण उनले बलिङ गर्न सकेनन् । अमेरिकासँग दोस्रो खेलमा दुई विकेट लिँदा अन्तिम खेलमा ओमानलाई पराजित गर्न चार विकेट लिएका थिए । सन्दीपबाट नेपालले जस्तो अपेक्षा राखेको थियो त्यस्तै प्रदर्शन गरे । अन्य बलर चल्न नसक्दा दबाबमा पनि सन्दीपले उच्च प्रदर्शन गरेका थिए ।

४. ब्याटिङमा युवा खेलाडीले देखाएको नयाँ आशा

ओमान भ्रमणमा नेपाली युवा खेलाडीको प्रदर्शन उच्च रह्यो । नेपाल युवा खेलाडीमा निर्भर छ । ओमान भ्रमणबाट नेपालका आसिफ शेख, कुशल भुर्तेल र रोहित कुमार पौडेलले ओमान भ्रमणमा राम्रो प्रदर्शन गर्न सफल रहे । कप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी र शरद भेषावकर टोलीमा रहेका अनुभवी खेलाडी हुन् । ज्ञानेन्द्रले पछिल्ला दुई खेलमा लगातार अर्धशतकका साथ राम्रो लयको संकेत दिए । विनोद भने अपेक्षा गरेअनुसार चल्ल सकेनन् । शरदले दुई खेलमा मात्र प्लेइङ–११ मा मौका पाएका थिए ।

विशेषगरि कमजोर मानिने ब्याटिङमा आसिफ, कुशल भुर्तेल र रोहितले नेपाललाई थप नयाँ उर्जा र आशा देखाएर फर्किएका छन् । रोहितले पिएनजीसँगको दोस्रो खेलमा ८६ र अमेरिकासँग ६२ रनको इनिङ खेलेका थिए । कुशलले अमेरिकालाई हराउन ८४ रन बनाए । ओमानसँग पराजित भएपनि आसिफले ९० रनको इनिङ खेलेका थिए । यी युवा खेलाडी आगमी दिनमा अनुभव बढ्दै जादा अझ उत्कृष्ट प्रदर्शन गर्ने छन् ।

३. खेलाडीमाथि विश्वास र धैर्यता

यस पटक नेपालले युवा खेलाडीमाथि विश्वास र धैर्यता देखाएको छ । यसअघि एक वा दुई खेल खराब प्रदर्शन गरेपछि नेपालले खेलाडीलाई मौका निकै कम दिने गर्दथ्यो । खेलाडी आफ्नो कमजोरी सुधार गर्न नपाउँदै टोली बाहिर हुनुपर्ने समस्याको रुपमा थियो । त्यसले खेलाडीको आत्माविश्वास र मनोबलमा ठूलो असर पुग्ने गर्दथ्यो । तर यस पटक नेपालले खराब प्रदर्शनका बाबजुद पनि खेलाडीमाथि थप विश्वास र धैर्यता देखाइरह्यो ।

कुशल मल्ल सुरुवात देखिनै चल्न सकेनन् । लगातार तीन खेलमा १-१ रनमा आउट भएपछि पनि नेपालले उनलाई मौका दिएको थियो । त्यसपछि थप दुई खेलमा पनि चल्न नसकेपछि अन्तिम खेलमा ड्रप गरेको थियो । सोमपाल कामी लगातार चार खेलमा विकेटविहिन बने । टोलीका उत्कृष्ट विकल्पनै त्यहिँ हुन् भने थप मौका दियो । खेलाडी आफूलाई प्रमाणित गर्न चुके । एक खेलमा खराब प्रदर्शन गर्दैमा टिममा पर्दैन कि भन्ने दबाब यस पटक रहेन । टिमले अव खेलाडीमाथि धैर्यता र विश्वास देखाउँछ भन्ने राम्रो सन्देश पनि दियो ।

२. रोहितको राम्रो पूनरागमन

ओमान भ्रमणमा रोहितले टोलीमा उत्कृष्ट पूनरागमन गरे । २०२० फेब्रुअरीमा टोलीबाट बाहिरिएका रोहितले पपुवा न्युगिनीविरुद्ध पहिलो खेल जिताउन ४१ रनको महत्वपूर्ण योगदान दिएका थिए । दोस्रो खेलमा ८६ रनको इनिङ खेले । अमेरिकालाई ५ विकेटले पराजित गर्दा रोहितले ६२ रनको अविजित इनिङ खेलेका थिए ।

ओमानसँग खेलमा २० रनमा आउट भएका थिए । १९ वर्षिय युवा ब्याट्सम्यान रोहितले टोलीमा परिपक्क प्रदर्शन गरे । दीपेन्द्र सिंह ऐरी घाइते भएपछि चौथो नम्बरमा मौका पाएका उनले भरपूर्ण फाइदा उठाए । रोहितले यसअघि पनि नेपालको जितमा अहम भूमिका निर्वाह गर्दै आएका थिए । रोहितको जिम्मेवारी र फर्किएको लय टोलीको एक सकरात्मक पक्ष रह्यो ।

१. ओपनिङ समस्यामा सुखद संकेत

ओपनिङ नेपालले पछिल्लो पाँच वर्षमा भोगेको सबैभन्दा ठूलो समस्या र अस्थिर भूमिका हो । हरेक प्रतियोगिता र खेलमा नेपालले ओपनर परिवर्तन गर्नुपर्ने अवस्था आएको थियो । ओपनिङ समस्यामा युवा खेलाडी आसिफ शेख र कुशल भुर्तेलले राम्रो समाधानको संकेत दिएका छन् । टि२० त्रिकोणात्मक सिरिजमा सफल प्रदर्शनपछि नेपालले ओडिआईमा पनि प्रयोग गरेको थियो । दुवैले अवसरको सदुपयोग गर्दै राम्रो प्रभाव छाड्न पुगे । डेब्यूको पहिलो खेलमै आसिफ र कुशलले ४६ रनको साझेदारी गरेका थिए ।

अमेरिकासँग पहिलो खेलमा ६६ रनको साझेदारी गरेका थिए । जुन नेपालबाट ओडिआईमा पहिलो विकेटका लागि भएको उच्च साझेदारी हो । उक्त खेलमा कुशलले ८४ रनको इनिङ खेलेका थिए । ओमानसँग आसिफले ९० रनको उत्कृष्ट इनिङ खेले । कुशल नचलेको दिनमा आसिफ र आसिफ नचलेको दिनमा कुशल चले । लामो समयपछि ओपनिङमा आसिफ र कुशलले दीर्घकालिन समाधानको संकेत दिएर फर्किएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.