4 years ago
September 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व सफल प्रशिक्षक तथा भैरहवा ग्ल्याडियटर्सका मुख्य प्रशिक्षक पुबुदु दसानायकले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को लागि नेपाल आइपुगेका छन् । पुबुदु बिहान ९ : १० मा नेपाल आइपुगेका हुन् । पुबुदु टिम रहेको होटल याक एण्ड यतिमा छन् ।

पुबुदुले इपिएलको लागि निकै उत्साहित रहेको बताएका छन् । ‘नेपाल सधैं राम्रो लाग्छ । मेरो ध्यान आगमी प्रतियोगितामा हुने छ, पुबुदुले भने । विदेशी खेलाडीबाट म खुसी छु । नेपालका खेलाडी पनि टिममा राम्रा छन् । टिम सन्तुलन हुँदा प्रतियोागितामा राम्रो मौका छ’, उनले भने ।
भैरहवामा विदेशी खेलाडीको रुपमा बंगलादेशका सर्वाधिक सफल ओपनर तमिम इकबाल, श्रीलंका पूर्व कप्तान तथा ओपनर उपुल थरंगा, तीव्र गतिका बलर धाम्मिका प्रसाद र शार्विन मुनिआन्दी रहेका छन् ।
भैरहवाको मुख्य प्रशिक्षणमा नेपाली क्रिकेट टोलीका पूर्व सर्वाधिक सफल पुबुदु दसानायेके छन् । पुबुद टोलीमा भएको हुँदा टोलीले अतिरिक्त फाइदा उठाउन सक्छ । भैरहवाको कप्तानी नेपाली घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तान शरद भेषावकरलेनै गर्ने छन् । वर्तमान नेपाली टोलीका युवा स्टार रोहित कुमार पौडेल, आरिफ शेख, कुशल मल्ल र तीव्र गतिका बलर अभिनाश बोहरा भैरहवा हुँदा टोली मजबुत छ ।

प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता, हिमान्शु दत्त, तुल बहादुर थापा र मौसम ढकाल स्वदेशी खेलाडीको रुपमा छन् । भैरहवाले सेप्टेम्बर २६ मा पोखरा राइनोजसँग पहिलो खेल खेल्दै यस सिजनको सुरुवात गर्ने छ । पछिल्ला दुई सिजनमा लगातार उपविजेता रोकिएको भैरहवा यो पटक च्याम्पियन बन्ने सोचमा छ ।
२०१८ को फाइनमा भैरहवा ललितपुर प्याट्रियटर्ससँग १४ रनले पराजित भएको थियो । २०१७ को फाइनलमा विराटनगर वारियर्सबाट एक रनले पराजित हुँदै उपाधि जित्न सकेको थिएन । इपिएल असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोबर ९) सम्म टियु मैदानमा हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]