default_image

4 years ago

September 21, 2021

कर्णालीका अनुजले विराटनगरबाट इपिएल खेल्ने

226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कर्णालीका युवा तीव्र गतिका बलर अनुज चनाराले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगरले चनारालाई अनुबन्ध गरेको हो । तर मूल्य भने खुलाएको छैन । इपिएल नियम अनुसार उनले कम्तिमा न्यूनतम मूल्य ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

चनाराले गत माघमा भएको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशबाट उत्कृष्ट प्रभाव छाडेका थिए । प्रधानमन्त्री कपमा उच्च प्रभाव छाडेपछि नेपालले ओमान भ्रमणको लागि माघमा उनाई सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाएको थियो । पिएमपकमा अनुजले ४ खेलमा ८ विकेट लिएका थिए ।

‘एकदमै खुसी छुँ । पहिलो पटक फ्रेन्चाइज लिग खेल्दै छु । मौका पाएको खेलमा राम्रो गर्ने प्रयास गर्नेछु, अनुजले हाम्रो खेलकुदसँग कुरा गर्दै भने । सबै आफूभन्दा सिनियर दाईहरु हुनुन्छ । धेरै कुराहरु सिक्न मिल्ने छ । विदेशी र स्वदेशी खेलाडीहरुबाट धेरै कुराहरु सिक्ने छु’, उनले भने ।

विराटनगरले युवा स्पिनर सन्तोष यादवलाई ट्यालेन्ट हन्टबाट छनोट गरेको छ । स्पिनर सन्तोषसँगै विराटनगरको टोली पूरा भएको छ । विराटनगरबाट कप्तान पारस खड्का र अनभुवी स्पिनर वसन्त रेग्मीले इपिएल नखेल्ने भएका छन् । वसन्त गत चैत देखि अमेरिकामा घरेलु क्रिकेट खेल्दै आएका छन् । उनी इपिएल खेल्न नेपाल नआउने भएका हुन् । पारसले दुई महिना अघि नेपाली क्रिकेट टोलीबाट सन्न्यासको घोषणा गरेका थिए । घोषणा समयमा घरेलु क्रिकेट खेल्न सक्ने बताएका थिए । तर इपिएल भने नखेल्ने भएका छन् ।

विराटनगरको कप्तानी अव नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले गर्ने सम्भावना उच्च छ । करणले २०१९ मा भएको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल ) मा विराटनगर किंग्सको कप्तानी गरेका थिए । विराटनगरले २०१७ को इपिएल उपाधि जितेको थियो । इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ । विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

विराटनगरको पूर्ण टोली :

करण केसी, आसिफ शेख (विकेटकिपर), अनिल कुमार शाह (विकेटकिपर), सन्दीप राजाली, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, सोनु देवकोटा, प्रतिश जि.सी., रामनरेश गिरी, विक्रम कुमार भुषाल, अनिल खरेल, अनुज चनारा, सन्तोष यादव, रयानखान पठान (क्यानडा), चन्द्रपाउल हेमराज (वेस्टइन्डिज), सिकन्दर राजा (जिम्बावे) र दीलशान मुनावीरा (श्रीलंका) ।

यो पनि पढ्नुहोस : साथीको जुत्ता र भान्जाको साथमा राष्ट्रिय टोलीको यात्रा

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.