default_image

4 years ago

September 21, 2021

इपिएल खेल्न थरंगा र धाम्मिका नेपाल आइपुगे

237 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका क्रिकेट टोलीका ओपनर तथा पूर्व कप्तान उपुल थरंगा र तीव्र गतिका बलर धाम्मिका प्रसाद चौथो सस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आइपुगेका छन् । थरंगा र धाम्मिकाले शरद भेषावकर कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्सबाट इपिएल खेल्ने छन् ।

थरंगा र धाम्मिका दरबार मार्गको याक एण्ड यतिमा होटलमा भैरहवा टोलीसँग जोडिसकेका छन् । त्यस्तै नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक तथा भैरहवा मुख्य प्रशिक्षक पुबुदु दसानायके पनि नेपाल आइपुगेका छन् । पुबुदु, थरंगा र धाम्मिका सोमबार बिहान नेपाल आइपुगेका थिए । टोलीसँग कप्तान शरद भेषावकर पनि जोडिएका छन् । ओमानमा भएको आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेलेर शरद पनि सोमबार बिहान नेपाल आएका थिए ।

३६ वर्षिय थरंगाले श्रीलंका क्रिकेट बोर्डसँग खेलाडीसँग बिग्रिदो सम्बन्धको कारण गत फेब्रुअरीमा सन्न्यास लिएका थिए । बायाँ हाते विकेटकिपर थरंगाले श्रीलंकाबाट ३१ टेस्ट, २ सय ३५ ओडिआई र २६ टि२० आई खेल खेलेका छन् । ओडिआईमा उनले १५ शतक र ३७ अर्धशतक सहित ६ हजार ९ सय ५१ रन जोडेका छन् । उत्कृष्ट प्रदर्शन २०१३ मा भारतविरुद्ध १ सय ७४ रन अविजित छ । टि२० क्रिकेटमा दुई शतक र १९ अर्धशतक सहित ३ हजार ३ सय ८४ रन बनाएका छन् ।

३८ वर्षिय धाम्मिकाले श्रीलंकाबाट २५ टेस्ट, २४ ओडिआई र एक टि२० आई खेल खेलेका छन् । उनले टेस्टमा ७५ र ओडिआईमा ३२ विकेट लिएका छन् । टेस्टमा उच्च प्रदर्शन ५–५० र ओडिआईमा ३–१७ छ । उनले २००६ मा बंगलादेशविरुद्ध ओडिआईमा डेब्यू गर्दै आफ्नो करीअरको पहिलो ओभरमै दुई बलमा दुई विकेट लिँदै मेडन ओभर राखेका थिए ।

उनी बाउन्सर तीव्र गतिका लागि चिनिन्छन् । उनको बलको गती प्रतिघण्टा १ सय ४० किलोमिटरमाथि हुने गर्दछ । उनले २१ टि२० खेलमा १९ विकेट लिएका छन् । १ सय ३० प्रथम श्रेणी र १ सय १९ लिष्ट ए खेल खेलेका छन् ।

बंगलादेशका ओपनर तमिम इकबाल र मलेसिया शार्विन मुनिआन्दी पनि भैरहवामै छन् । यी दुई खेलाडी भने नेपाल आइपुगेका छैनन् । पछिल्ला दुई सिजनमा लगातार उपविजेता रोकिएको भैरहवा यो पटक च्याम्पियन बन्ने सोचमा छ । २०१८ को फाइनमा भैरहवा ललितपुर प्याट्रियटर्ससँग १४ रनले पराजित भएको थियो । २०१७ को फाइनलमा विराटनगर वारियर्सबाट एक रनले पराजित हुँदै उपाधि जित्न सकेको थिएन ।

भैरहवाले सेप्टेम्बर २६ मा पोखरा राइनोजसँग पहिलो खेल खेल्दै यस सिजनको सुरुवात गर्ने छ । इपिएल असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोबर ९) सम्म टियु मैदानमा हुने छ । विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

भैरहवा ग्ल्याडियटर्सको टोली :

शरद भेषावकर (कप्तान), रोहित कुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, अभिनाश बोहरा, प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता, हिमान्शु दत्त, तुल बहादुर थापा, मौसम ढकाल, तमिम इकबाल (बंगलादेश), उपुल थरंगा (श्रीलंका), धाम्मिका प्रसाद (श्रीलंका) र शार्विन मुनिआन्दी (मलेसिया) ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.