default_image

4 years ago

September 21, 2021

इपिएलमा तुल र मौसम भैरहवाबाट छनोट

457 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई युवा स्पिनर तुल बहादुर थापा र मौसम ढकाल चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सको ट्यालेन्ट हन्टमार्फत छनोट भएका छन् ।

भैरहवाले गत वर्ष कोरोना महामारी अघिनै मुख्य प्रशिक्षक पुबुदु दासानायिके नेपाल आएको समयमा ट्यालेन्ट हन्ट सम्पन्न गरेको थियो । कोरोना कारण गतवर्ष इपिएल हुन सकेको थिएन । नेपाली टोलीका पूर्व स्पिनर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीमा सम्पन्न ट्यालेन्ट हन्टबाट भैरहवाले तीन खेलाडी छनोट गरेको थियो । तुल र दुर्गेश गुप्ता गत वर्षनै ट्यालेन्ट हन्टमार्फत छानिएका थिए । दुर्गेशलाई अघिल्लो महिना भैरहवाले न्यूनतम मूल्य ५० हजार रुपैयाँमा अनुबन्ध गरेको थियो । छनोट भएका एक खेलाडी उपलब्ध नभएपछि मौसमले मौका पाएका हुन् ।

प्यूठानको नौबहिनी गाउँपालिका डाम्रीका तुलबहादुर चाइनामेन स्पिनर हुन् । घरेलु क्रिकेट उनले दाङबाट खेल्ने गर्दछन् । प्यूठानमा जिल्ला क्रिकेट संघ नहुँदा उनले दाङबाट घरेलु क्रिकेट खेल्दै आएका छन् । स्टार क्रिकेट एकेडेमीमा अभ्यास गर्ने गर्दछन् । तुलले पहिलो पटक फ्रेन्चाइज लिग खेल्दै आएका छन् । गतवर्ष प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेश छनोटमा उनले दाङबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

‘मेरो पहिलो लिग हो । मैले अहिले सम्म धेरै मिहिनेत गरेको थिए । यो अव नतिजा देखाउने समय हो । त्यसैले म निकै उत्साहित छु, तुलले हाम्रो खेलकुदसँग कुरा गर्दै भने ।’ ‘टिम सबैले मलाई विश्वास गर्नु भएको छ । आफूलाई प्रमाणित गर्ने मौकानै यहि हो । नेपाली अन्य घरेलु क्रिकेट खेल्ने बाटो बनाउन यहाँ राम्रो गर्नुपर्ने हुन्छ, उनले भने ।’

रुपन्देही तिलोत्तमा १३ का मौसम लेगस्पिनर हुन् । वसन्त रेग्मीको वेस्टर्न क्रिकेट एकेडेमीमा मौसमले अभ्यास गर्ने गर्दछन् । माघमा भएको प्रधानमन्त्री कपमा मौसम नेपाल एपिएफ क्लबको नेट बलरको रुपमा थिए । उनी पनि पहिलो पटक फ्रेन्चाइज लिग खेल्न लागेका हुन् ।
‘यो मेरो लागि सबैभन्दा ठूलो अवसर हो । टिममा ठूला ठूला नाम छन् । वहाँहरुबाट धेरै कुरा सिक्न पाइन्छ । दाइहरुले विश्वास गरेर लिएपछि आफूले प्रमाणित गर्नुपर्ने हुन्छ, मौसमले भने ।’

त्यसैमा उनले थपे, ‘ शरद नेपालको एक सफल कप्तान हुनुन्छ । पुबुदुसँग मेरो पहिलो पटक भेट हुनेछ । धेरै कुरा सिक्न निकै उत्साहित छु । मेरो लक्ष्य आफूलाई प्रमाणित गरेर देखाउने छ ।’ श्रीलंका क्रिकेट टोलीका ओपनर तथा पूर्व कप्तान उपुल थरंगा, तीव्र गतिका बलर धाम्मिका प्रसाद र मुख्य प्रशिक्षक पुबुदु दसानायिके सोमबार नेपाल आई पुगेका छन् । भैरहवा टोलीसँग जोडि सकेका छन् ।

बंगलादेशका ओपनर तमिम इकबाल र मलेसिया शार्विन मुनिआन्दी पनि भैरहवामै छन् । यी दुई खेलाडी भने नेपाल आइपुगेका छैनन् । पछिल्ला दुई सिजनमा लगातार उपविजेता रोकिएको भैरहवा यो पटक च्याम्पियन बन्ने सोचमा छ । २०१८ को फाइनमा भैरहवा ललितपुर प्याट्रियटर्ससँग १४ रनले पराजित भएको थियो । २०१७ को फाइनलमा विराटनगर वारियर्सबाट एक रनले पराजित हुँदै उपाधि जित्न सकेको थिएन ।

भैरहवाले सेप्टेम्बर २६ मा पोखरा राइनोजसँग पहिलो खेल खेल्दै यस सिजनको सुरुवात गर्ने छ । इपिएल असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोबर ९) सम्म टियु मैदानमा हुने छ । विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

भैरहवा ग्ल्याडियटर्सको टोली :

शरद भेषावकर (कप्तान), रोहित कुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, अभिनाश बोहरा, प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता, हिमान्शु दत्त, तुल बहादुर थापा, मौसम ढकाल, तमिम इकबाल (बंगलादेश), उपुल थरंगा (श्रीलंका), धाम्मिका प्रसाद (श्रीलंका) र शार्विन मुनिआन्दी (मलेसिया) ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.