4 years ago
September 22, 2021
एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय टि२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) प्रसारण तालिबान सरकारले आफगानिस्तानमा प्रतिबन्ध लगाएको छ ।

अफगानिस्तान क्रिकेट बोर्डका पूर्व मिडिया व्यवस्थापक मोहम्मद इब्राहिमले आइपिएलमा इस्लाम विरोधी सामग्री देखाएको भन्दै तालिबानले प्रतिबन्ध लगाएको जनाएका छन् । आइपिएल सामाग्रीले महिला दर्शकहरुमा नराम्रो असर पर्ने भन्दै प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । महिलाहरुको नित्य, इस्लाम विराधी सामग्री र आइपिएलमा महिला दर्शकको उपस्थित रहेको भन्दै आइपिएल प्रसारणमा रोक लगाएको छ ।
तालिबान महिलाप्रति कठोर बन्दै आएको छ । अफगानिस्तानमा सम्पूर्ण महिला खेलकुद प्रतिबन्ध लगाउने यसअघि तालिबानले जनाइसकेको छ । अघिल्लो महिना तालिबानले अफगानिस्तानको सरकार कब्जा गरेको थियो । पुरुष टोलीलाई क्रिकेट खेल्न अनुमति दिएपनि महिलालाई भने रोक लगाएको छ । जसको कारण अफगानिस्तानको टेस्ट मान्यता खतरामा रहँदै आएको छ ।
आइपिएलमा अफगानिस्तानका तीन खेलाडी छन् । विश्व चर्चित लेगस्पिनर राशिद खान, मुजिब उर रहमान र अलराउन्डर मोहम्मद नाबी छन् । अफगानिस्तानका यी तिनै खेलाडीले सनराइजर्स हैदराबादबाट आइपिएल खेल्ने छन् । राशिद खानले अघिल्लो महिना आफ्नो सहमति र सल्लाह बिना अर्को महिना हुने टि२० विश्वकपको लागि टोली घोषणा गरेको भन्दै कप्तानी पद त्यागेका थिए । राशिदले कप्तानी छाडेपछि मोहम्मद नाबीले टि२० विश्वकप टोलीमा नेतृत्व गर्नेछन् ।
आइपिएल २०२१ आइतबार देखि संयुक्त अरव इमिरेट्स (युएई) मा सुरु भएको छ । गत वैशाखमा दोस्रो लहरको कोरोना महामारीको कारण आइपिएल आधा सिजनमा अनिश्चित समय सम्मलाई स्थगित भएको थियो । आइतबार चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीचको खेलसँगै आइपिएल फर्किएको छ ।
आइपिएल फाइनल अक्टोबर १५ मा हुनेछ । टि२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा हुनेछ । अफगानिस्तान सुपर १२ को बी मा छ । अफगानिस्तान, न्युजिल्यान्ड, भारत, पाकिस्तान, पहिलो चरणको समूह बी को विजेता र समूह ए को उप विजेता रहनेछन् । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]