default_image

4 years ago

September 22, 2021

ललितले इपिएल नखेल्ने

235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) गुमाउने भएका छन् । चितवन टाइगर्ससँग जोडिएका उनले अन्तिम समयमा गुमाउने पक्का भएको छ ।

चितवनकी अप्रेशन डाइरेक्टर बिनिता चौधरी भट्टाराइले ललितले इपिएल गुमाउने पक्का भएको बताएकी छिन् । त्यस्तै युवा विकेटकिपर आदिल खानले पनि इपिएल गुमाउने उनले जानकारी दिइन् । चितवनले ट्यालेन्ट हन्टमार्फत कृजन गुरुङलाई टोलीमा समेटेको जानकारी दिएकी छन् । अफगानिस्तानका विकेटकिपर मोहम्मद शाहजाद बुधबार नेपाल आइपुग्ने बिनिताले जानकारी दिएकी छिन् । अर्को महिना हुने टि२० विश्वकपको लागि अफगानिस्तानको टोलीमा परेपछि शाहजाद आउने नआउनेमा अन्यौल थियो ।

गतवर्ष भदौ २८ मा झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । अचेत अवस्थामा रहेका ललितको झण्डै एक महिना ग्राण्डी अस्पतालमा उपाचार भएको थियो । दुर्घटनामा परि ललितको दायाँ हात, खुट्टा, टाउको र छातीमा चोट लागेको थियो । हातको कुम, एंकल लगायतका भागहरुमा चोट लागेको थियो । उनको हातको तीन भाग र खुट्टाको एक भागमा शल्यक्रिया भएको थियो ।

पछिल्लो केहि समयदेखि ललितले पूनरागमनको तयारी गर्दै आएका छन् । ललितले चितवनको टोलीमा रहेर केहि समय अभ्यास पनि गरेका थिए । तर सोमबार उनले नखेल्ने पक्का भएको थियो । त्यस्तै पाकिस्तानका अलराउन्डर डानिस अजिज इपिएल नखेल्ने भएका छन् । इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ । विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् ।

चितवन टाइगर्स टिम : सोमपाल कामी (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडक बहादुर बोहरा, सन्दीप सुनार, देव खनाल, कृजन गुरुङ गौतम केसी, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), वीरनदीप सिंह (मलेसिया) खेलाडी छन् ।

मुख्य प्रशिक्षक : सामसन जंग थापा

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.