4 years ago
September 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर क्रिजन गुरुङ चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सको ट्यालेन्ट हन्टबाट छनोट भएका छन् । भदौ अन्तिममा भएको ट्यालेन्ट हन्टबाट क्रिजन छनोट भएको चितवनले जनाएको छ ।

१७ वर्षिय अफस्पिनर क्रिजन गुरुङले आफूले टोलीमा पर्छु भन्ने नसोचेको बताउँछन् । ‘यति ठूलो लिगमा खेल्न पाउँदा राम्रो लागि रहेको छ । टिममा म भन्दा धेरै सियिनर खेलाडीहरु हुनुन्छ । धेरै कुराहरु सिक्न पाइन्छ । यो पटक राम्रो अनुभव बटुल्दै अर्को सिजनमा राम्रो प्रदर्शन गर्न सक्ने गरि आउनु छु, क्रिजनले हाम्रो खेलकुदसँग कुरा गर्दै भने ।’ नारायणगढका क्रिजनले चितवन क्रिकेट एकेडेमीबाट खेल्दै आएका छन् ।
ट्यालेन्ट हन्टको अन्तिम पाँच खेलाडीमा क्रिजन गुरुङ, संघर्ष पौडेल, राजेश ढकाल, आकाश थापा र गौतम केसी छनोट भएका थिए । गौतमलाई चितवनले यसअघिनै न्यूनतम मूल्य ५० हजारमा अनुबन्ध गरेको थियो । क्रिजनले ट्यालेन्टहन्टबाट स्थान बनाएका छन् । अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद शाहजाद बुधबार नेपाल आइपुग्ने छन् । मलेसिया अलराउन्डर करिम जान्नत, मलेसिया विकेटकिपर वीरनदीप सिंह र श्रीलंका शेकुगे प्रसान्ना चितवनमा रहेका छन् ।
चितवन टाइगर्स टिम
सोमपाल कामी (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडक बहादुर बोहरा, सन्दीप सुनार, देव खनाल, क्रिजन गुरुङ गौतम केसी, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), वीरनदीप सिंह (मलेसिया) खेलाडी छन् ।
मुख्य प्रशिक्षक : सामसन जंग थापा
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]