default_image

4 years ago

September 21, 2021

पन्जाबलाई राजस्थानको चुनौतीपूर्ण लक्ष्य

139 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३२ औं खेलमा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई १ सय ८६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा १ सय ८५ रनमा अल आउट भयो ।

राजस्थानका बायाँ हाते युवा ओपनर यशस्वी जैसवालले ३६ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ४९ रनको योगदान दिए । युवा ब्याट्सम्यान महिपाल लोमरले १७ बलमा २ चौका र ४ छक्का सहित ४३ रन जोडे । राजस्थानलई ओपनर इभिन लेविस र जैसवालले पहिलो विकेटका लागि ५.३ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । अर्शदीप सिंहले लेविसलाई मयंक अग्रवालबाट ३६ रनमा क्याच गराउँदै पन्जाबलाई पहिलो सफलता दिलाएका थिए । लेविसले २१ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

स्पिनर हरप्रीत ब्रारले आठौं ओभरको पहिलो बलमा कप्तान सन्जु स्यामसनलाई चार रनमा लोकेश राहुलबाट क्याच आउट गराए । इंग्ल्यान्डका आक्रामक ब्याट्सम्यान लियाम लिभिङस्टोन १७ बलमा २ चौका र १ छक्का सहित २५ रनमा क्याच आउट भएका थिए । १५ औं ओभरको दोस्रो बलमा हरप्रीत ब्रारले जैसवाललाई अग्रवालबाट क्याच गराउँदै अर्धशतक बनाउन एक रनले चुकेका थिए । त्यसपछि राजस्थानले लगातार विकेट गुमाउन पुगेको थियो ।

राजस्थानको तल्लोक्रमका ब्याट्सम्यान लगातार आउट हँुदा बलियो योगफल बनाउनबाट चुकेको थियो । रियान पराग ४, राहुल टेवाटिया २, क्रिस मोरिस ५ र चेतन सकारिया ७ रन बनाए ।

पन्जाबका अनुभवी तीव्र गतिका बलर मोहम्मद शामीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३२ रन खर्चेर ५ विकेट लिए । ईशान पोरेल र हरप्रीत बारले एक एक विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.