default_image

3 years ago

September 22, 2021

पन्जाबमाथि राजस्थानको अविश्वसनीय जित

एजेन्सी – युवा तीव्र गतिका बलर बलर कात्तिक त्यागी अन्तिम ओभरमा सुपर हिरो बनेपछि इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३२ औं खेलमा राजस्थान रोयल्सले पन्जाब किंग्समाथि दुई रनको अविश्वसनीय जित हात पारेको छ । जितको लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८३ रन […]

44 views

0 Bookmark

एजेन्सी – युवा तीव्र गतिका बलर बलर कात्तिक त्यागी अन्तिम ओभरमा सुपर हिरो बनेपछि इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३२ औं खेलमा राजस्थान रोयल्सले पन्जाब किंग्समाथि दुई रनको अविश्वसनीय जित हात पारेको छ ।

जितको लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८३ रन बनायो । पन्जाबलाई जितको लागि अन्तिम ६ बलमा मात्र ४ रन चाहिँएको थियो । युवा तीव्र गतिका बलर कात्तिक त्यागीले एक रन खर्चेर २ विकेट लिँदै सुपर हिरो बनेपछि राजस्थानले नाटकीय जित हात पारेको छ ।

अन्तिम ओभरको पहिलो बल एडेन माक्ररमलाई डट राख्दा दोस्रो बलमा एक रन खर्चेका थिए । तेस्रो बलमा निकोलस पुरन सन्जु स्यामसनबाट क्याच आउट हुन पुगे । चौथो बल दीपक हुड्डाले डट खादा पाँचौ बलमा स्यामसनबाट क्याच आउट गराए । अन्तिम बलमा फबिएन एलेनलाई डट राख्दै नाटकीय जित पक्का गराए । अन्तिम २ ओभरमा ८ रन चाहिँएको थियो । १९ औं ओभर मुस्ताफिजुर रहमानले चार रन खर्चेका थिए ।

पन्जाबका ओपनर मयंक अग्रवालले ४३ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिए । कप्तान लोकेश राहुल ३३ बलमा ४ चौका र २ छक्का सहित ४९ रनमा आउट भए । पहिलो विकेटका लागि राहुल र अग्रवालले ११.५ ओभरमा १ सय २० रनको उत्कृष्ट शतकीय साझेदारी गरेपनि अन्तिम ओभरमा चुक्दा पराजय हुन पर्यो । डेब्यू खेल खेलेका एडेन माक्ररम २० बलमा २ चौका र १ छक्का सहित २६ रनमा अविजित रहे । निकोलस पुरन २२ बलम १ चौका र २ छक्का सहित ३२ रनमा आउट भए ।

युवा तीव्र गतिका बलर चेतन सकारियाको बलमा राहुल कात्तिक त्यागीबाट राहुल क्याच आउट भएपछि अर्धशतक बनाउन एक रनले चुकेका थिए । स्पिनर राहुल टेवाटियाको १३ औं ओभरको अन्तिम बलमा अग्रवाल लियाम लिभिङस्टोनबाट समातिन पुगेका थिए । कात्तिक त्यागीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा १ सय ८५ रनमा अल आउट भएको थियो । राजस्थानका बायाँ हाते युवा ओपनर यशस्वी जैसवालले ३६ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ४९ रनको योगदान दिए । युवा ब्याट्सम्यान महिपाल लोमरले १७ बलमा २ चौका र ४ छक्का सहित ४३ रन जोडे । राजस्थानलई ओपनर इभिन लेविस र जैसवालले पहिलो विकेटका लागि ५.३ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

अर्शदीप सिंहले लेविसलाई मयंक अग्रवालबाट ३६ रनमा क्याच गराउँदै पन्जाबलाई पहिलो सफलता दिलाएका थिए । लेविसले २१ बलमा ७ चौका र १ छक्का प्रहार गरे । स्पिनर हरप्रीत ब्रारले आठौं ओभरको पहिलो बलमा कप्तान सन्जु स्यामसनलाई चार रनमा लोकेश राहुलबाट क्याच आउट गराए । इंग्ल्यान्डका आक्रामक ब्याट्सम्यान लियाम लिभिङस्टोन १७ बलमा २ चौका र १ छक्का सहित २५ रनमा क्याच आउट भएका थिए । १५ औं ओभरको दोस्रो बलमा हरप्रीत ब्रारले जैसवाललाई अग्रवालबाट क्याच गराउँदै अर्धशतक बनाउन एक रनले चुकेका थिए । त्यसपछि राजस्थानले लगातार विकेट गुमाउन पुगेको थियो ।

राजस्थानको तल्लोक्रमका ब्याट्सम्यान लगातार आउट हँुदा बलियो योगफल बनाउनबाट चुकेको थियो । रियान पराग ४, राहुल टेवाटिया २, क्रिस मोरिस ५ र चेतन सकारिया ७ रन बनाए ।

पन्जाबका अनुभवी तीव्र गतिका बलर मोहम्मद शामीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३२ रन खर्चेर ५ विकेट लिए । ईशान पोरेल र हरप्रीत बारले एक एक विकेट लिए ।

राजस्थानले अव शनिबार दिल्ली क्यापिटल्ससँग खेल्ने छ । पन्जाबले शनिबारनै सनराइजर्स हैदराबादसँग खेल्ने छ ।

अंक तालिका

चेन्नई सुपर किंग्स ८ खेलमा ६ जित र २ मा हार सहित १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक भएपनि नेट रनरेटका कारण दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंक बटुल्दै चौथो स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा ४ मा हार र ४ मा जित सहित ८ अंकका साथ पाँचौ स्थानमा छ ।

कोलकाता ८ खेलमा ३ जित र ५ मा हार सहित ६ अंकका साथ छैटौ स्थानमा छ । पन्जाब ९ खेलमा ६ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

May 1, 2024

पञ्जाबको चेन्नाईविरुद्ध सहज जित

एजेन्सी – पञ्जाब किंग्सले बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा सहज जित दर्ता गरेको छ । पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो । चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए […]

May 1, 2024

कमल र सागर समेट्दै विश्वकप टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमल सिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आइसीसी टि२० विश्वकपका लागि टोली घोषणा गरेको छ । नेपालले यसै महिना खेलेको एसीसी प्रिमियर कपबाट २ परिवर्तन गरेको हो । विवेक यादव र आकाश चन्दको स्थानमा कमल र सागर टिममा आएका हुन् । वेस्ट इन्डिज ए विरुद्ध सिरिजबाट […]

May 1, 2024

वेस्ट इन्डिज ‘ए’ लाई श्रृंखलामा अग्रता 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध जारी टि २० सिरिजको तेस्रो खेलमा जित निकाल्दै श्रृंखलामा अग्रता लिएको छ । पहिलो खेलमा हार बेहोरेको पाहुना टोलीले लगातार दुई खेल जित्दै पाँच खेलको श्रृंखलामा २-१ को अग्रता लिएको हो । बुधवार भएको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गर्यो । वेस्ट […]

Success

Thank you for your time.