9 years ago
November 11, 2016
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्कासहित राष्ट्यि टोलीका ८ खेलाडी समिमलित नेपाली राइनोजले अमेरिकाको टेक्ससमा जारी टु एक्स क्रिकेट युएसए कप प्रतियोगितामा लगातार दास्रो जित हासिल गरेको छ । राइनोजले शुक्रबार युएई फाल्कोन्सलाई ५ विकेटले हराएको हो।

लगातार दुई जितसँगै राइनोज सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । पहिलो ब्याटिड् गरेको फाल्कोन्सले सबै विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । राइजोनले १९ ओभरमा ५ विकेट गुमाएर १ सय ३९ रन जोडेको थियो । फाल्कोन्सले पहिलो १० ओभरमा २ विकेट गुमाएर ९० रन बनाएको थियो । त्यसपछि ब्याटिंग गरेको नेपाली राइनोजले १० ओभरमा २ विकेटको क्षेतिमा ८६ रन जोड्यो । २०–२० ओभरको खेल भए पनि टु एक्स क्रिकेटमा टेस्ट क्रिकेट जस्तै १०–१० ओभरको ४ इनिंगमा खेलाइएको छ । पहिलो इनिंगमा फाल्कोन्सले ४ रनको अग्रता लिएको थियो ।
टोलीले दोश्रो इनिंगमा ४७ रन थप्दा बाँकी ८ विकेट गुमायो । त्यसपछि ५२ रनको लक्ष्य पछएको १९ औ ओभरमा थप ३ विकेट गुमाउँदै आवश्यक रन जोड्यो । राइनोजका लागि पारस र शन फिंडलेले समान ३, सोमपाल कामीले २ तथा बसन्त रेग्मी र रस्टि थेरोनले समन १ विकेट लिए । फाल्कोन्सका जेसान मक्सुदले सबैभन्दा बढी ८३ रन बनाए । पहिलो दिन पनि ४९ रन बनाएका सुवासले दोस्रो खेलमा पनि सबैभन्दा बढी ३९ रन जोडे । पारसले ३३ र ओपनर ज्ञानेन्द्र मल्लले २७ रन थपे । फिंडले ११ , शरद भेषावकर २, सोमापालले ७ र पृयु बास्कोटाले ६ रन बटुले ।
पहिलो खेलमा नेपालले मोन्टगोमेरी स्पोट्र्स म्यानेजमेन्ट (एमएसएम) इंग्ल्यान्डलाई ७ विकेटले हराएको थियो । एमएसएमले हिजोको खेलमा समरसेट कभालियर्सलाई हराएको थियो । समूह एमा दुवै खेल जित्ने राइनोज एक्लो टोली हो । राइनोजले समूह चरणको अन्तिम खेलमा आज समरसेटको सामना गर्नेछ । प्रतियोगिताको विजेता टोलीले ६० हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]