default_image

4 years ago

September 22, 2021

‘नेपाली क्रिकेटलाई सहयोग गर्न सधैं तयार छु’

256 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदु दसानायके यतिबेला नेपालमा छन् । शनिबारबाट काठमाडौंमा सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न उनी मंगलबार नेपाल आइपुगेका हुन् । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो फड्को मार्दा प्रशिक्षक रहेका दसानायकेले नेपाललाई सहयोग गर्न सधैं तयार रहेको बताएका छन् ।

दसानायके नेपाल आइपुगेको दुई दिनअघि मात्र नेपाली टोली पुन: प्रशिक्षकविहिन बन्न पुगेको छ । सम्झौता अवधि सकिनुअघि नै ह्वाटमोरले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) नयाँ प्रशिक्षकको खोजीमा छ । दसानायके यसअघि नेपालले प्रशिक्षक आवेदन माग्दा उम्मेदवारी दिनेमध्यमा थिए । क्यानले गतवर्ष मागेको आवेदनमा दसानायकेले अन्तरवार्ता नै पनि दिएका थिए । तर अन्त्यमा क्यानले उनलाई राखेन ।

नेपाली क्रिकेटको इतिहास पल्टाएर हेर्दा दसानायके नेपाली क्रिकेटका सर्वाधिक सफल प्रशिक्षक हुन् । उनकै प्रशिक्षकमा नेपालले २०१४ मा पहिलो पटक टि२० विश्वकप खेल्न सफल भएको थियो । उनकै नेतृत्वमा नेपालले डिभिजन चार देखि विश्वकपसम्मको यात्रा तय गरेको थियो । त्यसैले पनि समर्थकमाझ बेग्लै स्थान बनाएका दसानायकेको पुन: नियुक्त हुनुपर्ने माग बेलाबेलामा उठ्ने गर्छ ।

सन् २०११ मा नेपाल आएका दसानायकेले सन् २०१५ मा नेपालले क्रिकेटको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए । क्यानको आन्तरिक किचलोको कारण उनले छाडेका थिए । तर आइसीसीकै आग्रहमा उनले नामिबियासँग खेल र एमसीसीविरुद्ध टुरका लागि कन्सल्टेन्ट प्रशिक्षकको रुपमा फर्किए । त्यसपछि दसानायके २०२० को सुरुवातमै इपिएलकै लागि नेपाल आएका थिए । भैरहवामा ट्यालेन्ट हन्ट सम्पन्नसँगै कोरोना महामारीको कारण इपिएल स्थगित भएपछि उनी क्यानडा लागेका थिए ।

Pubudu

नेपाली टोलीको मुख्य प्रशिक्षकमा फर्कने इच्छाबारे गरिएको प्रश्नमा दसानायकेले भने, ‘मैले अहिले यस विषयमा केहि पनि सोचेको छैन । नेपाली क्रिकेटलाई सहयोग गर्न म सधैं तयार छु । नेपाली क्रिकेट प्रति म सधैं सकारात्मक छु । अब नियुक्तिको विषयमा संघले जे निर्णय छ त्यो नेपाली क्रिकेटको हितमै हुनेछ । मैले सधैं त्यसको सम्मान गर्छु । अहिलेलाई भने मेरो ध्यान इपिएलमा केन्द्रित रहेको छ ।’

इपिएलमा शरद भेषावकर कप्तान रहेको भैरहवामा उनी आबद्ध छन् । उनको नजरमा भैरहवा टोली सन्तुलित र बलियो रहेको छ । ‘टिम तयार छ । विदेशी खेलाडीबाट म खुसी छु । पक्कैपनि नेपालका स्थानीय खेलाडी पनि त्यतिनै बलियो छन् । केहि अभ्यासपछि पहिलो खेल खेल्नेछौं । पुरै प्रतियोगितामा राम्रो गर्ने मौका छ’, दसानायकेले भने ।

विदेशी खेलाडीको स्तरसँगै नेपाली खेलाडीको क्षमतालाई लिएर दसानायके उत्साहित छन् । ‘हामीसँग बंगलादेशका तमिम इकबाल, श्रीलंका उपुल थरंगा र धाम्मिका प्रसाद टोलीमा छन् । सबैले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरेका छन् । शरदको कप्तानी र स्थानिय खेलाडीको उपस्थितिले टोली बलियो बनाएको छ,’ उनले थपे, ‘रोहितले ओमानमा साच्चै उत्कृष्ट ब्याटिङ गरे । यो हाम्रो लागि अतिरिक्त फाइदा हो । अभिनाष बोहराले टि२० मा सधैं राम्रो गरेका छन् । अनुभवी खेलाडी प्रदीप ऐरी, भुवन कार्की र अन्य खेलाडी पनि सबै राम्रा छन् । मलाई लाग्छ भैरहवा धेरै सन्तुलित छ ।’

शरद नेपाली घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तान मानिन्छन् । शरदले कप्तानी गरेका प्राय सबै प्रतियोगितामा टोली फाइनलमा पुगेको छ । इपिएलका पछिल्ला दुवै सिजनमा भैरहवा फाइनलमा चुकेको थियो । शरदको कप्तानीमा टोली निर्माण गर्दाबारे प्रश्नमा उनले भने, ‘पक्कैपनि शरदलाई टोलीको कप्तानको रुपमा पाउँदा म एकदमै खुसी छु । शरद एक अनुभवी खेलाडी हुन् । उनले भैरहवाबाट राम्रो गर्दै आएका छन् । उनीसँग आगामी दिनमा सँगै काम गर्दै राम्रो नतिजा निकाल्नेछौं ।’

विदेशी खेलाडीको स्तरले टोलीलाई च्याम्पियन बनाउन मदत पुग्ने दसानायकेले बताए । ‘तमिमले यो प्रतियोगिताकै उत्कृष्ट खेलाडीमा पर्छन् । उनले राम्रो प्रदर्शन गर्नेमा म विश्वस्त छु । उपुल र धाम्मिकाले पनि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रदर्शन देखाएका छन् । दुवै राम्रा खेलाडी हुन् । विशेषगरी तमिमको आगमनले टोली धेरै बलियो भएको छ,’ उनले थपे, ‘पछिल्ला दुवै संस्करणमा उपविजेतामा सिमित टोलीलाई यसपटक उपाधि जिताउने लक्ष्य राखेका छौं ।’

‘हामी सधैं जितमात्र सोच्छौं । हाम्रो लक्ष्य हरेक खेलमा राम्रो गर्ने हो । त्यसका लागि खेलपिछे हाम्रो ध्यान हुनेछ । पहिला लिगमा राम्रो गर्दै अनि मात्र दोस्रो चरणको लागि योजना बनाउन चाहन्छौं । यो प्रतियोगिता एक लोकप्रिय प्रतियोगिता हो । प्राय सबै टोलीमा एसोसिएट खेलाडी पनि रहेकाले एसोसियटमा निकै लोकप्रिय हुनेछ,’ उनले थपे ।

नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो प्रदर्शनबारे बोल्दै दसानायकेले पारसको अनुभव केहि मिस भएको बताए । ‘नेपाल राम्रो टोली हो । मैले ओमानको सिरिज पनि हेरेको थिएँ । टोलीमा धेरै युवा खेलाडी छन् । अझ भन्नुपर्दा यहाँ सधैं प्रतिभावान खेलाडी रहेका छन् । त्यसो भनिरहँदा विश्वकप लिग–२ को शीर्ष तीनमा स्थान बनाउन कडा मिहिनेत भने गर्नुपर्छ’, उनले भने ।

‘पारसको सन्न्यास नेपाली क्रिकेटले सबैभन्दा ठूलो मिस हुने अनुभव गरेको छु । नेपाली युवा खेलाडीको प्रदर्शनले धेरै खुसी छु । युवा प्रतिभालाई एक्स्पोजर र खेल अनुभवको बढी आवश्यक छ । बलर राम्रो छन् । नेपालको ब्याटिङ लाइनअपमा पनि पछिल्लो समय विकास भएको छ । बलरहरुले पनि रन बनाउँदै आएका छन्,’ उनले थपे ।

समर्थकबारे बोल्दै दसानायकेले नेपालको क्रिकेट विकासमा महत्त्वपूर्ण पाटो रहेको बताए । ‘म नेपाली समर्थकसामू सधैं रमाउँछु । नेपाली समर्थक मलाई र टिमलाई सधैं समर्थन गर्दछन् । मैले सधैं भन्दै आएको छु समर्थकको ठूलो साथले नेपाल यो अवस्थामा छ । नेपाली समर्थक क्रिकेट विकासका एक खम्बा हुन् । यसैगरी नेपाली क्रिकेटलाई सहयोग गरिरहन आग्रह गर्छु,’ उनले भने ।

इपिएलमा आफ्नो उपस्थिति र प्रतियोगिताबारे दसानायके उत्साहित देखिए । ‘इपिएल कुनै सामान्य प्रतियोगिता होईन । म क्यानडाबाट यसकै लागि आएँ । एसोसिएट क्रिकेटमा सबैजना इपिएलकै बारे कुरा गरिरहेका हुन्छन् । अहिले त क्यारेवियन, यूरोप, एसियाका खेलाडी इपिएलमा आएका छन् । इपिएल ठूलो प्रतियोगिता हो । यसले नेपाली क्रिकेट विकासमा सहयोग गर्नेछ,’ उनले भने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.