default_image

4 years ago

September 22, 2021

आइपिएलमा आज दिल्ली र हैदराबाद भिड्दै

147 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३३ औं खेलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ७:४५ पछि दुबईमा सुरु हुनेछ ।

दिल्ली हैदराबादलाई हराउँदै शीर्षस्थानमा उक्लिने लक्ष्यमा हुनेछ । हैदराबादलाई प्ले अफको झिनो आशा कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब छ । दिल्लीको कप्तानी ऋषभ पन्त र हैदराबादको केन विलियम्सनले गर्ने छन् । युवा ब्याट्सम्यान श्रेयस ऐर टोलीमा चोटबाट फर्केको हुँदा दिल्लीको मध्यक्रम मजबुत बनेको छ ।

ओपनर शिखर धवन र पृथ्वी शाले आइपिएल उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । शा आक्रामक ब्याटिङका साथ विपक्षीलाई दबाबमा राख्दै आएका छन् । उच्च लयमा रहेका शा हैदराबादलाई घातक बन्न सक्छन् । ऐर तेस्रो र स्टिभ स्मिथलाई चौथो नम्बरमा खेलाउन सक्छ । पाँचौ नम्बरमा ऋषभ पन्त, छैटौंमा मार्कस स्टोइन र सातौमा अक्षर पटेल खेल्ने सम्भावना छ । बायाँ हाते विकेटकिपर ऋषभ टि२० विशेष ब्याट्सम्यान मानिन्छन् । ऋषभ चलेको खण्डमा उनलाई रोक्न कठिन पर्छ । पन्तले एकै ओभरमा खेललाई मोड्न सक्छन् ।

स्टोइनिसले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । पटेल र स्पिनर रविचन्द्रन आश्विन पनि राम्रो ब्याटिङको क्षमता राख्छन् । तीव्र गतिका बलरमा एनरिच नोर्किया र कागिसो रबाडा जोडी छन् । रबाडा विश्वका एक उत्कृष्ट डेथ ओभर स्पेलिष्ट बलर हुन् । नोर्किया १ सय ५० माथिको गतीमा बलिङ गर्ने गर्दछन् । स्पिन जोडीमा आश्विन र अमित मिश्रा छन् । दिल्लीको टोली सन्तुलित र मजबुत छ ।

हैदराबादको ओपनिङ डेविड वार्नर र ऋद्धिमान शाहले गर्ने सम्भावना छ । वार्नरको पहिलो सिजन भने कमजोर थियो । कमजोर प्रदर्शनकै कारण वार्नरले कप्तानी छाड्नु परेको थियो । कप्तानी दबाब नहुँदा वार्नरले उत्कृष्ट पूनरागमन गर्ने अनुमान गरिएको छ । तेस्रो नम्बरमा कप्तान केन विलियम्सन छन् । विलियम्सन ब्याटिङका खम्बा हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुने छ । हैदराबादको मध्यक्रम र तल्लोक्रम ब्याटिङ कमजोर रहँदै आएका छन् ।

मनिष पाण्डे मध्यक्रममा ब्याटिङ गर्ने छन् । उनको प्रदर्शन महत्वपूर्ण हुने छ । अब्दुल सामद र विजय शंकर अलराउन्डरको रुपमा खेल्ने छन् । ब्याटिङ बलियो बनाउन जेसन होल्डरलाई खेलाउने सम्भावना देखिन्छ । राशिद खान प्रमुख हतियार हुन् । उनको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ । राशिद ब्याटिङमा पनि योगदान दिनसक्छन् । योर्कर किंग टिनटराजन पनि चोटपछि पूनरागमन गर्दै छन् । भुवनेश्वर कुमार र नटराजनले तीव्र गतिको बलिङ आक्रामण सम्हाल्ने छन् ।

हेड टु हेड :

पछिल्ला पाँच खेलमा दिल्ली तीनमा विजयी र दुईमा पराजित भएको छ । यस संस्करणको पहिलो खेलमा दिल्ली सुपर ओभरमा विजयी भएको थियो । हैदराबाद र दिल्लीबीच कुल १९ खेल भएको छ । हैदराबाद ११ खेलमा विजयी हुँदा ९ खेलमा पराजित भएको छ ।

अंक तालिका

चेन्नई सुपर किंग्स ८ खेलमा ६ जित र २ मा हार सहित १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक भएपनि नेट रनरेटका कारण दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंक बटुल्दै चौथो स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा ४ मा हार र ४ मा जित सहित ८ अंकका साथ पाँचौ स्थानमा छ ।

कोलकाता ८ खेलमा ३ जित र ५ मा हार सहित ६ अंकका साथ छैटौ स्थानमा छ । पन्जाब ९ खेलमा ६ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.