4 years ago
September 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका बायाँ हाते युवा अलराउन्डर कुशल मल्ललाई रेड रकले प्रायोजन गरेको छ । रेडरकले कुशललाई एक वर्षको लागि किट प्रायोजन सम्झौता गरेको हो । कुशलले एक वर्षको लागि आवश्यक पर्ने क्रिकेट किट प्राप्त गर्नेछन् । त्यसवापत उनले रेड रकको सामग्री प्रयोग गर्नेछन् ।

बुधबार कुशल र रेड रक नेपालका निर्देशक महेश कठायतले सम्झौता गरेका थिए । सम्झौता कार्यक्रममा पूर्वकप्तान पारस खड्काको पनि उपस्थिति थियो । रेड रकले यसअघिनै नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी, करण केसी, युवा ब्याट्सम्यान भीम सार्की र सन्दीप जोरा लाई प्रायोजन गरेको थियो ।
१७ वर्षिय कुशल नेपाली क्रिकेटका नयाँ प्रतिभा हुन् । कुशल टि२० आई र ओडिआईमा विश्वकै सर्वाधिक कम उमेरमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छा खेलाडी हुन् । नेपालको यू१६ देखि खेल्दै आएका कुशलले सिनियर टोलीबाट ८ ओडिआई र १० टि२० आई खेलेका छन् । कुशलले गतवर्ष टि१० लिग टिम आबूधाबीबाट खेलेका थिए ।
कुशलले रेड रक परिवारमा जोडिदा उत्साहित भएको बताउँदै धन्यावाद ब्यक्त गरेका छन् । कुशलले शनिबारबाट सुरु हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाट खेल्दैछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]