4 years ago
September 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्ताका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजाद र मध्यगतिका बलिङ अलराउन्डर करिम जनात चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आइपुगेका छन् । शाहजाद र जानतले चौथो संस्करणको इपिएल चितवन टाइगर्सबाट खेल्ने छन् ।

शाहजाद र जानत बुधबार दिउँसो ३ ः २० मा त्रिभुवन विमानस्थलमा आइपुगेको चितवनकी अप्रेशन डाइरेक्टर बिनिता चौधरी भट्टाईले हाम्रो खेलकुदलाई जानकारी दिइन् । यी दुबै खेलाडी अर्को महिना संयुक्त अरव इमिरेट्स (युएई) र ओमानमा हुने टि२० विश्वकपको लागि अफगानिस्तानको टोलीमा छन् । विश्वकप टोलीमा परेपछि उनीहरुको आउनेमा शंका थियो । इपिएलको समयमा अफगानिस्तानको अन्तर्राष्ट्रिय खेल नभएपछि उनीहरु आएका हुन् ।
शाहजादले विष्फोटक ब्याटिङको लागि विश्व क्रिकेटमा परिचित छन् । अफगानिस्तानलाई टेष्ट मान्यता दिलाउन उनको योगदान महत्वपूर्ण छ । उनले २ टेष्टमा ६९, ८४ ओडीआईमा ६ शतक र १४ अर्ध शतक सहित कुल २ हजार ७ सय २७ तथा ६५ टि ट्वान्टीमा १ शतक सहित १ हजार ९ सय ३६ रन बनाएका छन् ।
शहजादको टि ट्वान्टीआईमा स्टाइक रेट १३४ छ । सन् २०१६ मा शाहजादले जिम्बावेसँगको टि ट्वान्टी खेलमा ६७ बलमा १० चौका र ८ छक्का १ सय १८ रनको शतकीय इनिङ खेलेका थिए । शाहजादले अफगानिस्तान क्रिकेट बोर्डसँग तितो सम्बन्धको कारण २०१९ को एकदिवसिय विश्वकपदेखि प्रतिबन्धको कारण टोलीमा छैनन् ।

२३ वर्षिय करिमले अफगानिस्तानबाट एक ओडिआई र २७ टि२० आई खेलि सकेका छन् । शेकुगे प्रसन्न भने मंगलबारनै नेपाल आइपुगेका थिए । मलेसिया स्टार ब्याट्सम्यान विरनदीप सिंह आज राती नेपाल आइपुग्ने चितवनले जनाएको छ । त्यस्तै पाकिस्तानका अलराउन्डर डानिस अजिज इपिएल नखेल्ने भएका छन् । इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ । विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् ।
चितवन टाइगर्स टोली :
सोमपाल कामी (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडक बहादुर बोहरा, सन्दीप सुनार, देव खनाल, क्रिजन गुरुङ गौतम केसी, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), वीरनदीप सिंह (मलेसिया)
मुख्य प्रशिक्षक : सामसन जंग थापा
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]