4 years ago
September 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरीयतामा फड्को मारेका छन् ।

आइसिसीले जारी गरेको नयाँ ओडिआई वरियतामा सन्दीपले एकै पटक १२ स्थान सुधार गरेका छन् । आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियताको बलिङतर्फ सन्दीप ७९ औं स्थानमा छन् । सन्दीपले फड्को मार्नेक्रममा भारतका हार्दिक पान्ड्या, सन्दीपले अष्ट्रेलिया मिचेल मार्श, मार्कस स्टोइनिस र न्युजिल्यान्डका काइल जेमिसन जस्ता चर्चित खेलाडीलाई पछि पारेका छन् । ओडिआई बलिङ वरियतामा हार्दिक ८२ औं, मार्श ८४ औं, स्टोइनिस ८६ औं र जेमिसन ९७ औं स्थामा छन् ।
ब्याटिङ र अलराउन्डरतर्फ भने नेपालबाट ओडिआई वरीयतामा कुनैपनि खेलाडी छैनन् । टि२० आई वरियताको बलिङतर्फ सन्दीप ८२ औं स्थानमा छन् । टि२० आई वरियता ब्याटिङतर्फ युवा ओपनर कुशल भुर्तेल ५९ औं स्थानमा छन् । कप्तान ज्ञानेन्द्र मल्ल पनि टि२० आई वरियता ब्याटिङतर्फ ९२ औं स्थानमा छन् । नेपाल ओडिआई वरियतामा १६ औं र टि२० आई वरियतामा १३ औं स्थानमा यथावत छ ।
सन्दीपले ओमान भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेपछि ओडिआई वरियतामा फड्को मारेका हुन् । आइसिसी विश्वकप लिग २ नेपाल, अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज र पपुवा न्युगिनीसँग दुई ओडिआई खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । ५ इनिङमा सन्दीपले कुल १८ विकेट लिँदै सानदार प्रदर्शन गरेका थिए । पपुवा न्युगिनीसँगको दुई ओडिआई खेलमा सानदार बलिङ गरेका थिए । पपुपा न्युगिनीविरुद्ध पहिलो खेलमा ४ विकेट लिएका सन्दीपले दोस्रो खेलमा ६ विकेट लिदै नेपाललाई सहज जित दिलाएका थिए । अमेरिकासँग पहिलो खेलमा सन्दीपले २ विकेट लिएका थिए ।
ओमानसँगको पहिलो खेलमा भने पेटमा समस्याको कारण सन्दीपले बलिङ गर्न सकेका थिएनन् । अमेरिकासँग दोस्रो खेलमा २ र ओमानसँग अन्तिम खेलमा ४ विकेट लिएका थिए । सन्दीपले १६ ओडिआई खेलमा ४१ विकेट लिइसकेका छन् । सन्दीप ओडिआईमा सर्वाधिक छिटो ५० विकेट लिने दौडमा रहेका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]