default_image

4 years ago

September 22, 2021

दिल्ली शीर्षस्थानमा उक्लियो

204 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राती आइपिएलको ३३ औं खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १७.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीका युवा ब्याट्सम्यान श्रेयस ऐर ४१ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ४७ रनमा अविजित रहे । कप्तान तथा विकेटकिपर ऋषभ पन्त २१ बलमा ३ चौका र २ छक्का सहित ३५ रनमा अविजित रहे । शिखर धवन ३६ बलमा ६ चौका र १ छक्का सहित ४२ रनमा आउट भए । ओपनर पृथ्वी शा ११ रनमा आउट भएका थिए । हैदराबादका खलिल अहमद र राशिद खानले एक एक विकेट लिए ।

त्यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । हैदराबादका युवा ब्याट्सम्यान अब्दुल सामदले २१ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक २८ रनको योगदान दिए । राशिद खानले १९ बलमा २ चौका र १ छक्का सहित २२ रन बनाए । विकेटकिपर ऋद्धिमान शाह र कप्तान केन विलियम्सन १८–१८ रनमा आउट भए । मनिष पाण्डे १७, केदार जाधब ३ र जेसन होल्डर १० रनमा आउट भए । ओपनर डेविड वार्नर शून्यमा आउट भएका थिए ।


दिल्लीका तीव्र गतिका बलर कागिसो रबाडाले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट लिए ।

अंक तालिका

दिल्ली क्यापिटल्स ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । चेन्नई सुपर किंग्स ८ खेलमा ६ जित र २ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंक बटुल्दै चौथो स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा ४ मा हार र ४ मा जित सहित ८ अंकका साथ पाँचौ स्थानमा छ ।

कोलकाता ८ खेलमा ३ जित र ५ मा हार सहित ६ अंकका साथ छैटौ स्थानमा छ । पन्जाब ९ खेलमा ६ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ८ खेलमा ७ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.