4 years ago
September 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी काठमाडौं किंग्स इलेभेनबाट इपिएल खेल्न बिहिबार दिउँसो ३: ३० बजे नेपाल आइपुगेका छन् । अफ्रिदी यस इपिएल खेल्ने सर्वाधिक ठूला नामका खेलाडी हुन् ।

अफ्रिदीले नेपालमा सुरुवाती दुई खेल खेल्ने छन् । अफ्रिदीले शनिवार हुने ललितपुर प्याट्रियट्र्सविरुद्ध र सोमबार विराटनगर वारियर्सविरुद्ध खेल खेल्ने छन् । ४१ वर्षिय अफ्रिदी विश्व क्रिकेटकै एक उत्कृष्ट अलराउन्डरमा पर्दछन् । उनलाई बुम बुम अफ्रिदी पनि भन्ने गरिन्छ । अफ्रिदी ठूला सर्ट र स्पिन बलिङका लागि परिचित नाम हुन् । ४१ वर्षिय अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ ओडिआई, ९९ टि२० आई र ३ सय २६ टि२० खेल खेलेका छन् ।
अफ्रिदीले सन् १९९६ मा केन्याविरुद्ध ओडिआईमा डेब्यू गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रा अघि बढाएका थिए । अफ्रिदीले ओडिआईमा ८ शतक र ३९ अर्धशतक सहित कुल ८ हजार ६४ रन बनाएका छन् । ओडिआईमा अफ्रिदीले ३ सय ९५ विकेट लिएका छन् । उत्कृष्ट प्रदर्शन ७–१२ छ । टि२० आई अफ्रिदीले २००६ मा इंग्ल्यान्डविरुद्ध डेब्यू गरेका थिए । अफ्रिदीले टि२० मा १ हजार ४ सय १६ रन बनाउँदा ९८ विकेट लिएका छन् ।

ओडिआईमा उनले १९९६ मा श्रीलंकाविरुद्ध ३७ बलमा शतक प्रहार गरेका थिए । जुन खेलमा अफ्रिदी ओडिआईमा शतक प्रहार गर्ने सर्वाधिक कान्छा खेलाडी बनेका थिए । उनले १६ वर्ष २ सय १७ दिनमा श्रीलंकाविरुद्ध शतक बनाउँदै कीर्तिमान कायम गरेका थिए । ओडिआईमा सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान एवि डिभिलियर्सको नाममा ३१ बलमा वेस्टइन्डिजविरुद्ध छ । वेस्टइन्डिजविरुद्ध २०१३ मा ९ ओभरमा १२ रन खर्चेर ७ विकेट लिएका थिए ।
जुन श्रीलंका चामिन्डा भासको ८–१९ पछि सिमित ओभरको उत्कृष्ट प्रदर्शन हो । २००९ को टि२० विश्वकप जिताउन अफ्रिदीले फाइनलमा श्रीलंकाविरुद्ध ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए । २००७ को टि२० विश्वकपमा अफ्रिदी सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । २०१६ पछि अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । फ्रेन्चाइज लिग भने निरन्तर खेल्दै आएका छन् । अफ्रिदीसँग झन्डै दुई दर्जन टि२० लिगको अनुभव छ ।
इपिएल असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोबर ९) सम्म टियु मैदानमा हुने छ । विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
काठमाडौंको टोली :
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन, दीपेन्द्र रावत, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल(जिम्बावे), शाहिद अफ्रिदी( पाकिस्तान), जनक प्रकाश(सिंगापुर) र रहमानउल्लाह गरबाज ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]