4 years ago
September 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले शनिवारबाट सुरु हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) नखेल्ने भएका छन् । साविक विजेता ललितपुर प्याट्रियट्र्सका कप्तान समेत ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै खेल्न नसक्ने जनाकारी दिएका छन् ।

ललितपुरले बिहिबार एक प्रेस विज्ञप्ति मार्फत ज्ञानेन्द्रले इपिएल नखेल्ने जनाएको छ । ज्ञानेन्द्रले ललितपुरका सिइओ निरज कोइरलालाई इमेल मार्फत आफूले खेल्न नसक्ने जानकारी दिएका छन् । ज्ञानेन्द्रले नखेल्ने भएपछि ललितपुर ठूलो समस्यामा परेको छ । स्वदेशी सबै युवा खेलाडी हुँदा नेतृत्व कस्ले गर्ने अन्यौल बढेको छ । ललितपुरको कप्तानी विदेशी खेलाडीले गर्ने सम्भावना बढेको छ ।
यसअघि विराटनगर वारियर्सका कप्तान पारस खड्का, वसन्त रेग्मी र काठमाडौं किंग्स इलेभेनका दीपेन्द्रसिंह ऐरीले पनि इपिएल नखेल्ने पक्का भइसकेको छ । दीपेन्द्र चोटका कारण नखेलेका हुन् । पारस र वसन्तले व्यक्तिगत कारण नखेल्ने जनाएका छन् ।
ललितपुरमा अब स्वदेशी खेलाडीमा कुशल भुर्तेल र पवन सरार्फ कप्तानी गर्न सक्ने सम्भावित खेलाडी हुन् । विदेशी खेलाडीमा सन्दुन वीराक्कोडी र ओशदा फर्नान्डोको सम्भावना उच्च छ । ललितपुरका कुनैपनि स्वदेशी खेलाडीले हालसम्म कप्तानी गरेका छैनन् ।
ललितपुरले विदेशी खेलाडीको रुपमा भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी, अफगानिस्तानका युवा अलराउन्डर आजमतुल्लाह ओमरजाई, श्रीलंकाली विकेटकिपर ब्याट्सम्यान सन्दुन वीराक्कोडी र ओशदा फर्नान्डो रहेका छन् । सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल, बिभत्सु थापा, अरियो पौडेल, शंखर राना, नारायण जोशी, सुर्य तामाङ र नागराज सिंह स्वदेशी खेलाडीको रुपमा छन् ।
इपिएल असोज ९ देखि २३ सम्म टियुमा हुने छ । इपिएल विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । ललितपुरले २०१८ को फाइनलमा भैरहवा ग्ल्याडियसटर्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको थियो । ललितपुरले उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनसँग खेल्ने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]