4 years ago
September 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर विनोद भण्डारीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजको कप्तानी गर्ने भएका छन् । पोखराले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै विनोदले कप्तानी गर्ने जनाएको छ ।

पछिल्लो सिजनमा पोखरा कप्तानी स्कटल्यान्डका काइल कोट्जरले गरेका थिए । तर उनी यस पटक टोलीमा छैनन् । स्कटल्यान्ड उनको कप्तानीमा अर्को महिना हुने टि२० विश्वकपको तयारीमा छ । विनोदले २०१६ को पहिलो संस्करणको इपिएलमा विनोदले सगरमाथा लिजेन्ड्सको कप्तानी गरेका थिए ।
विनोदको कप्तानीमा गत माघमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता उपाधि जितेको थियो । विनोदले घरेलु क्रिकेटमा लगातार त्रिभुवन आर्मी क्लबबाट कप्तानी गर्दै आएका छन् । २०१७ को धनगढी प्रिमियर लिग (डिपिएल) मा कन्चनपुर आइकोनीकको कप्तानी गरेका थिए । २०१८ विनोदले डिपिएलमा महेन्द्रनगर युनाइटेडको कप्तानी गरेका थिए । विनोदले टोलीमा युवा र अनुभवी खेलाडीको मिश्रण हुँदा टोली सन्तुलित रहेको बताए ।

नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक उमेश पटवाल पोखरा मुख्य प्रशिक्षकको रुपमा छन् । नेपाली क्रिकेट टोलीका पूर्वस्पिनर शक्ति गौचन बलिङ र फिल्डिङ प्रशिक्षकमा रिजन प्रजु छन् । पोखरा २०१८ को इपिएलमा पाँच खेलमा जित बिहिन हुँदै पुछारमा रहेर बाहिरिएको थियो ।
दक्षिण अफ्रिका ओपनर रिचर्ड लेभीले २०१८ मा पोखराबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । तर अन्य खेलाडी चल्न नसक्दा पराजित हुन पुगेको थियो । इपिएल असोज ९ देखि २३ सम्म टियुमा हुने छ । इपिएल विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । पोखराले पहिलो खेल भैरहवा ग्ल्याडियटर्ससँग सोमबार खेल्ने छ ।
पोखराको टोली :
विनोद भण्डारी (कप्तान), सुनिल धमला, रित गौतम, किशोर महतो, विक्रम सोब, विपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव, विपिन रावल, अर्जुन कुमाल, रविन्द्र जंग शाही, देव शाह, शोहिल कुँवर, रिचर्ड लेभी (दक्षिण अफ्रिका), केस्रिक विलियम्स (वेस्टइन्डिज), असेला गुणरत्ने(श्रीलंका) र सहान अर्चिगें (श्रीलंका) ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]