default_image

4 years ago

September 23, 2021

ललितपुरको कप्तानी कुशलले गर्ने

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान कुशल भुर्तेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याटियट्र्सको कप्तानी गर्ने भएका छन् । नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले इपिएल नखेल्ने भएपछि ललितपुरले कुशललाई कप्तानी जिम्मेवारी दिएको जनाएको छ ।

कुशलले पहिलो पटक कप्तानी गर्ने छन् । कुशलले यसअघि उमेर समूह र घरेलु क्रिकेट कुनै प्रतियोगितामा पनि कप्तानी गरेका छैनन् । कुशलले नेपाली क्रिकेटमा पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । २०१९ मा बंगलादेशमा भएको एसिसी इमर्जिङ टिम्स एसिया कपमा कुशलले भारतको यू२३ विरुद्ध लिष्ट ए मार्फत नेपाली टोलीमा डेब्यू गरेका थिए । गत वैशाखमा भएको नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिजमा कुशलले टि२० आईमा डेब्यू गर्दै सानदार प्रदर्शन गरेका थिए ।

सुरुवाती तीन खेलमा लगातार टि२० आईमा अर्धशतक प्रहार गर्ने कुशल विश्वको पहिलो खेलाडी हुन् । कुल ५ टि२० आई खेलमा ४ मा अर्धशतक सहित २ सय ७८ रन बनाउँदै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । कुशलले यसै साता ओमान भ्रमणमा पपुवा न्युगिनीविरुद्ध ओडिआई खेलमा डेब्यू गरेका थिए । कुशलले ओडिआईमा ६ खेलमा १ सय ४४ रन बनाएका थिए । अमेरिकासँग पहिलो खेलमा ८४ रन बनाउँदै नेपाललाई पाँच विकेटको जित दिलाउन उत्कृष्ट प्रर्दर्शन गरेका थिए ।

ललितपुरले बिहिबार एक प्रेस विज्ञप्ति मार्फत ज्ञानेन्द्रले इपिएल नखेल्ने जनाएको थियो । ज्ञानेन्द्रले ललितपुरका सिइओ निरज कोइरलालाई इमेल मार्फत आफूले खेल्न नसक्ने जानकारी दिएका थिए। ज्ञानेन्द्रले नखेल्ने भएपछि ललितपुर ठूलो समस्यामा परेको थियो । कुशलपछि पवन सरार्फ सम्भावित दाबेदारमा देखिएका थिए । ललितपुरमा स्वदेशी युवा खेलाडीको बाहुल्यता छ । कुनैपनि खेलाडीले कप्तानी गरेका छैनन् ।

यसअघि विराटनगर वारियर्सका कप्तान पारस खड्का, वसन्त रेग्मी र काठमाडौं किंग्स इलेभेनका दीपेन्द्रसिंह ऐरीले पनि इपिएल नखेल्ने जनाएका थिए । दीपेन्द्र चोटका कारण नखेलेका हुन् । पारस र वसन्तले व्यक्तिगत कारण नखेल्ने जनाएका छन् ।

ललितपुरले विदेशी खेलाडीको रुपमा भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी, अफगानिस्तानका युवा अलराउन्डर आजमतुल्लाह ओमरजाई, श्रीलंकाली विकेटकिपर ब्याट्सम्यान सन्दुन वीराक्कोडी र ओशदा फर्नान्डो रहेका छन् । सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल, बिभत्सु थापा, अरियो पौडेल, शंखर राना, नारायण जोशी, सुर्य तामाङ र नागराज सिंह स्वदेशी खेलाडीको रुपमा छन् ।

इपिएल असोज ९ देखि २३ सम्म टियुमा हुने छ । इपिएल विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । ललितपुरले २०१८ को फाइनलमा भैरहवा ग्ल्याडियसटर्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको थियो । ललितपुरले उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनसँग खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.