4 years ago
September 23, 2021
एजेन्सी – ओपनर क्विन्टन डी कको अर्धशतकमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३४ औं खेलमा कोलकता नाइट राइडर्सलाई १ सय ५६ रनको मध्यम लक्ष्य दिएको छ । आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनायो ।

मुम्बईका ओपनर क्विन्टन डि ककले ४२ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ५५ रनको योगदान दिए । मुम्बईलाई ओपनर रोहित शर्मा र डि ककले पहिलो विकेटका लागि ९.२ ओभरमा ७८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । त्यसपछि भने मुम्बईका ब्याट्सम्यान चल्न सकेनन् । स्पिनर सुनिल नारायणले रोहितलाई सुभमन गिलबाट ३३ रनमा क्याच आउट गर्दै उक्त साझेदारी तोडेका थिए ।
रोहितले ३० बलमा ४ चौका प्रहार गरे । प्रसिद्ध कृष्णको १३ औं ओभरको पहिलो बलमा नारायणबाट डि कक समातिन पुगेका थिए । १५ औं ओभरको पाँचौं बलमा सूर्यकुमार यादवलाई कृष्णले ५ रनमा क्याच आउट गराए । ईशान किशन १३ बलमा १ छक्का सहित १५ रनमा आउट भए । अलराउन्डर काइरन पोलार्ड १५ बलमा २ चौका र १ छक्का सहित २१ रनमा रन आउट भए । क्रुनाल पान्ड्याले ९ बलमा १ छक्का सहित १२ रन बनाए ।

कोलकाता प्रसिद्ध कृष्णले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । लोकी फर्गुसनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सुनिल नारायणको नाममा एक विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]