default_image

4 years ago

September 23, 2021

इपिएल खेल्न राजा नेपाल आइपुगे

212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेका टि२० कप्तान तथा स्टार अलराउन्डर सिकन्दर राजा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आइपुगेका छन् । राजाले विराटनगर वारियर्सबाट इपिएल खेल्ने छन् । राजा बिहिबार दिउँसो ४ बजे त्रिभुवन विमानस्थल आईपुगेका थिए ।

त्यस्तै वेस्टइन्डिजका ब्याट्सम्यान चन्द्रपाउल हेमराज पनि बिहिबार नेपाल आइपुगेका छन् । राजा र हेमराज दुबैलाई विराटनगरका अप्रेशन प्रमुख सञ्जिव पौडेलले स्वागत गरेका थिए । श्रीलंका दीलशान मुनावीरा मंगलबार र बुधबार क्यानडा रयानखान पठान विराटनगरमा जोडि सकेका थिए । अर्थात विराटनगरका चारै विदेशी खेलाडी नेपाल आइपुगेका छन् ।

राजाले जिम्बावेबाट १७ टेस्ट, १ सय ८ ओडिआई, ४२ टि२० आई र १ सय १७ टि२० क्रिकेट खेलेका छन् । राजाले सन् २०१८ को एकदिवसिय ग्लोबल विश्वकप छनोटमा नेपालविरुद्ध ६६ बलमा ६ चौका र ९ छक्का सहित १ सय २३ रनको आक्रामक शतकीय इनिङ खेलेका थिए । राजाले पछिल्लो समय टि२० टोलीको कप्तानी गर्दै आएका छन् ।

यसअघि २०१८ मा राजा इपिएलमा काठमाडौं किंग्स–११ मा अनुबन्ध भएपनि व्यक्तिगत कारण खेल्न आएका थिएनन् । ३५ वर्षिय सिकन्दर तल्लोक्रममा आक्रमक ब्याटिङ गर्नुको साथै स्पिन बलिङ गर्ने गर्दछन् । राजाले टि२० खेलमा १२ अर्धशतकका साथ २ हजार ७५ रन बनाएका छन् । ४४ विकेट हात पारेका छन् । उनले टेस्टमा १ शतक, ८ अर्धशतक सहित कुल १ हजर ८ सय ८७ रन बनाएका छन् । टेस्टमा ३४ विकेट लिएका छन् । उनले ओडिआईमा ३ शतक र १८ अर्धशतक सहित कुल ३ हजार ११ रन बनाउनुको साथै ६२ विकेट लिएका छन् ।

बायाँ हाते ओपनर चन्द्रपाउलले ६ ओडिआई, ३१ प्रथम श्रेणी, ४० लिष्ट ए र ३० टि२० खेल खेलेका छन् । ६ ओडिआईमा उनले ८२ रन बनाएका छन् । जारी क्यारेवियन प्रिमियर लिग (सिपिएल) मा गुयाना एमेजन वारियर्सबाट बार्बाडोस रोयल्सविरुद्ध ५६ बलमा १४ चौका र ५ छक्का सहित १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए ।

विराटनगरबाट कप्तान पारस खड्का र अनभुवी स्पिनर वसन्त रेग्मीले इपिएल नखेल्ने भएका छन् । वसन्त गत चैत देखि अमेरिकामा घरेलु क्रिकेट खेल्दै आएका छन् । उनी इपिएल खेल्न नेपाल नआउने भएका हुन् । पारसले दुई महिना अघि नेपाली क्रिकेट टोलीबाट सन्न्यासको घोषणा गरेका थिए । घोषणा समयमा घरेलु क्रिकेट खेल्न सक्ने बताएका थिए । तर इपिएल भने नखेल्ने भएका छन् ।

विराटनगरको कप्तानी अव नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले गर्ने लगभग निश्चित जस्तै छ । विराटनगरले घोषणा गर्न बाँकी छ । करणले २०१९ मा भएको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) मा विराटनगर किंग्सको कप्तानी गरेका थिए । विराटनगरले २०१७ को इपिएल उपाधि जितेको थियो । इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ । विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

विराटनगरको पूर्ण टोली :

करण केसी, आसिफ शेख (विकेटकिपर), अनिल कुमार शाह (विकेटकिपर), सन्दीप राजाली, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, सोनु देवकोटा, प्रतिश जि।सी।, रामनरेश गिरी, विक्रम कुमार भुषाल, अनिल खरेल, अनुज चनारा, सन्तोष यादव, रयानखान पठान (क्यानडा), चन्द्रपाउल हेमराज (वेस्टइन्डिज), सिकन्दर राजा (जिम्बावे) र दीलशान मुनावीरा (श्रीलंका) ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.