default_image

4 years ago

September 23, 2021

मुम्बईमाथि कोलकाता सानदार जित

191 views

0 Bookmark

एजेन्सी – युवा ब्याटर वेंकटश ऐर र राहुल त्रिपाठीको उत्कृष्ट ब्याटिङसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३४ औं खेलमा मुम्बई इन्डियन्समाथि ७ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै कोलकाता चौथो स्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले १५.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाता जितमा राहुल त्रिपाठीले उत्कृष्ट ब्याटिङ गर्दै ४२ बलमा ८ चौका र ३ छक्का सहित ७४ रनमा अविजित रहे । आक्रामक सुरुवात दिलाएका युवा ब्याटर ऐरले ३० बलमा ४ चौका र ३ छक्का सहित ५३ रन बनाउँदै आउट भए ।

यो उनको आइपिएल करिअरको दोस्रो खेलमै पहिलो अर्धशतक हो । कोलकातालाई सुभमन गिल र ऐरले पहिलो विकेटका लागि ३ ओभरमा ४० रनको आक्रामक सुरुवात दिलाएका थिए । गिल ९ बलमा १ चौका र १ छक्का सहित १३ रनमा आउट भए । दोस्रो विकेटका लागि ऐर र त्रिपाठीले ५२ बलमा ८८ रनको उत्कृष्ट साझेदारी गर्दै सहज जित नजिक पुर्याएका थिए ।

कप्तान ओईन मोर्गन ७ रनमा आउट भए । मुम्बईका जस्प्रित बुमराहले ३ विकेट लिए । त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । मुम्बईका ओपनर क्विन्टन डि ककले ४२ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ५५ रनको योगदान दिएका थिए ।

मुम्बईलाई ओपनर रोहित शर्मा र डि ककले पहिलो विकेटका लागि ९.२ ओभरमा ७८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर सुनिल नारायणले रोहितलाई सुभमन गिलबाट ३३ रनमा क्याच आउट गर्दै उक्त साझेदारी तोडेका थिए ।

रोहितले ३० बलमा ४ चौका प्रहार गरे । प्रसिद्ध कृष्णको १३ औं ओभरको पहिलो बलमा नारायणबाट डि कक समातिन पुगेका थिए । १५ औं ओभरको पाँचौं बलमा सूर्यकुमार यादवलाई कृष्णले ५ रनमा क्याच आउट गराए । ईशान किशन १३ बलमा १ छक्का सहित १५ रनमा आउट भए । अलराउन्डर काइरन पोलार्ड १५ बलमा २ चौका र १ छक्का सहित २१ रनमा रन आउट भए । क्रुनाल पान्ड्याले ९ बलमा १ छक्का सहित १२ रन बनाए ।

कोलकाता प्रसिद्ध कृष्णले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । लोकी फर्गुसनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सुनिल नारायणको नाममा एक विकेट रह्यो ।

अंक तालिका

दिल्ली क्यापिटल्स ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंकका साथ शीर्ष स्थानमा छ । चेन्नई सुपर किंग्स ८ खेलमा ६ जित र २ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ ।

कोलकाता ९ खेलमा ४ जित र ५ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । राजस्थान रोयल्स ८ खेलमा ४ मा हार र ४ मा जित सहित ८ अंकका साथ पाँचौ स्थानमा छ । मुम्बई इन्डियन्स ९ खेलमा ४ मा जित र ५ मा हार सहित ८ अंक बटुल्दै छैटौ स्थानमा छ । पन्जाब ९ खेलमा ६ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ८ खेलमा ७ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.