default_image

4 years ago

September 24, 2021

इपिएल उपाधि जित्न सक्ने तीन टोली

224 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) शनिबारदेखि टियु क्रिकेट मैदानमा सुरु हुँदैछ । सबै फ्रेन्चाइज टोलीले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् ।

सबै टोलीमा ४-४ विदेशी खेलाडी छन् । प्लेइङ-११ मा तीन विदेशी खेल्न पाउने छन् । नेपालको सर्वाधिक ठूलो फ्रेन्चाइज लिग जित्ने लक्ष्यका साथ सबै टोलीले तयारी सकाएका छन् । विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । पहिलो संस्करणको उपाधि पञ्चकन्या तेज, दोस्रो विराटनगर वारियर्स र तेस्रो ललितपुर प्याट्रियट्र्सले उपाधि जितेका थिए ।

यस पटक इपिएलमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी देखि भुटानका मिक्यो दोर्जी सम्मका खेलाडीले इपिएल खेल्दै छन् । टेस्ट र एसोसियट दुबै देशका खेलाडी इपिएलमा हुँदा विश्वमा चर्चा थप बढ्ने छ । सबै फ्रेन्चाइजले आफ्नो अन्तिम टोली घोाषणा गरि सकेका छन् ।

प्रतियोगितामा कुन टोलीले कस्तो प्रदर्शन गर्ला प्रतियोगिता सुरु हुनुअघि त्यसमा रहेका खेलाडीलाई हेरेर अनुमान गर्न सकिन्छ । खेलाडीको क्षमता, स्तर, पछिल्लो समयको लय, युवा खेलाडीले गर्न सक्ने प्रदर्शन लगायत सबैपक्षलाई हेर्दा इपिएल २०२१ को उपाधि जित्न सक्ने तीन टोली यस प्रकार देखिन्छन् ।

काठमाडौं किंग्स इलेभेन

नेपाली लेगस्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स पहिलो पटक फाइनल खेल्दै उपाधि जित्ने सोचमा छ । काठमाडौंमा पाकिस्तानका स्टार अलराउन्डर शाहिद अफ्रिदी छन् । तर अफ्रिदी दुई खेलमात्र खेलेर फर्कने छन् । काठमाडौंमा युवा र अनुभवी खेलाडीको मिश्रण छ । ब्याटिङमा सुवास खकुरेल, अमित श्रेष्ठ, राजु रिजाल, सिद्धान्त लोहनी, जिम्बावेका रयान बर्ल र अफगानिस्तानका रहमानउल्लाह गुरबाज छन् । सुरुवाती दुई खेलमा अफ्रिदी हुँदा ब्याटिङ अझ मजबुत हुनेछ ।

सिद्धान्त र बर्ल आक्रामक ब्याटिङको क्षमता राख्छन् । नेपाली टि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी सुवास उत्कृष्ट प्रदर्शनका साथ पूनरागमन गर्न चाहन्छन् । सिंगापुरका जनक प्रकाश र अमरसिंक राउटेला मध्यगतिका बलिङ अलराउन्डर हुन् । यी दुवै ब्याटर तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता राख्छन् । विश्व स्टार सन्दीप काठमाडौंमा मुख्य हतियार हुन् । सन्दीप पछिल्लो समय उत्कृष्ट लयमा छन् । नेपाली क्रिकेटका योर्कर किंग जितेन्द्र मुखिया पनि काठमाडौंमानै छन् । कागजी रुपमा सन्तुलित काठमाडौंले उपाधि जित्न सक्छ ।

काठमाडौंको पूर्ण टोली : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन, दीपेन्द्र रावत, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल(जिम्बावे), शाहिद अफ्रिदी( पाकिस्तान), जनक प्रकाश(सिंगापुर) र रहमानउल्लाह गरबाज ।

पोखरा राइनोज

पोखरा राइनोजमा आक्रामक ब्याटर छन् । विनोद भण्डारीको कप्तानीमा रहेको पोखरामा दक्षिण अफ्रिका आक्रामक ब्याटर रिचार्ड लेभी प्रमुख हतियार हुन् । विशेष गरि लेभीले विष्फोटक ब्याटिङ गर्दै टोलीको जित सहज बनाउन सक्छन् । उनी चलेको खण्डमा रोक्न कठिन पर्दछ । नेपाली घरेलु क्रिकेटका युवा स्टार लोकेश बमले पोखरा मध्यक्रम सम्हाल्ने छन् ।

ओपनर सुनिल धमला र युवा ब्याट्सम्यान रित गौतम छन् । वेस्टइन्डिजका केज्रिक विलियम्स र असेला गुणरत्ने जस्ता विश्वस्तरिय अराउन्डरको अनुबन्धले पोखरा मजबुत देखिन्छ । वेस्टइन्डिजका स्टार विलियम्ससँगै, विक्रम सोब, किशोर महतो, नन्दन यादव तीव्र गतिका बलरका रुपमा छन् । यी चारै खेलाडी तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।

अर्कोतर्फ टियुको पिच तीव्र गतिका बलरलाई बढी सहयोग मिल्ने देखिल्छ । हरियो घाँस, दुबो र लामो समय पिचले विश्राम पाएको हुँदा त्यसको बढी फाइदा तीव्र गतिका बलरले उठान उक्छन् । स्पिनर सुशान भारी, विपिन खत्री, अलराउन्डर विवेक कुमार यादव लगायत युवा स्टार टोलीमा हुँदा पोखराले पहिलो पटक उपाधि जित्न सक्छ ।

पोखरा पूर्ण टोली : विनोद भण्डारी (कप्तान), सुनिल धमला, रित गौतम, किशोर महतो, विक्रम सोब, विपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव, विपिन रावल, अर्जुन कुमाल, रविन्द्र जंग शाही, देव शाह, शोहिल कुँवर, रिचर्ड लेभी (दक्षिण अफ्रिका), केस्रिक विलियम्स (वेस्टइन्डिज), असेला गुणरत्ने(श्रीलंका) र सहान अर्चाचिगे (श्रीलंका) ।

भैरहवा ग्ल्याडियटर्स

भैरहवा ग्ल्याडियसले पछिल्ला दुवै सिजनमा लगातार फाइनलमा पराजित भएको थियो । कुनैपनि टोली च्याम्पियन बन्न कागजी रुपमा बलियो भएर मात्र पुग्दैन । मैदानमा नेतृत्व गर्ने कप्तान अझ उत्कृष्ट हुनुपर्छ । कप्तानले लिने निर्णयले जित नजिक पुगेको टोली हार र हार नजिक पुगेको टोलीले जित निकाल्न सक्छ । भैरहवा कप्तान शरद घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तान हुन् । भैरहवामा बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिम इकबाल र श्रीलंका उपुल थरंगा जस्ता विश्वस्तरिय ब्याटर हुँदा टोली मजबुत बनेको छ ।

स्वदेशी ब्याटरको रुपमा नेपाली टोलीका वर्तमान समयका शरद, रोहित कुमार पौडेल, कुशल मल्ल र आरिफ शेख छन् । आरिफले घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । रोहित ओमान भ्रमणमा उच्च प्रदर्शनका साथ इपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने सोचमा छन् । कुशल टि२० स्पेलिष्ट मानिन्छन् । भैरहवामा प्रदीप ऐर र भुवन कार्की पनि छन् ।

मध्यगतिका बलिङ अलराउन्डर कृष्ण कार्की तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता राख्छन् । श्रीलंका पूर्व तीव्र गतिका बलर धाम्मिका प्रसादको अनुबन्धले टोली थप मजबुत देखिन्छ । नेपाली टि२० स्पेलिष्ट अभिनाष बोहरा भैरहवामा हुँदा टोली मजबुत छ । कागजी रुपमा भैरहवा उपाधिको सर्वाधिक बलियो दाबेदार देखिन्छ ।

भैरहवा पूर्ण टोली : शरद भेषावकर (कप्तान), रोहित कुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, अभिनाश बोहरा, प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता, हिमान्शु दत्त, तुल बहादुर थापा, मौसम ढकाल, तमिम इकबाल (बंगलादेश), उपुल थरंगा (श्रीलंका), धाम्मिका प्रसाद (श्रीलंका) र शार्विन मुनिआन्दी (मलेसिया)

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.