4 years ago
September 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) शनिवारदेखि टियु मैदानमा सुरु हुँदैछ । नेपाली फ्रेन्चाइज लिगकै सर्वाधिक सफल र ठूलो प्रतियोगिता इपिएल खेल्न स्वदेशी र विदेशी खेलाडी आतुर छन् ।

पाकिस्तानका स्टार अलराउन्डर शाहिद अफ्रिदी, बंगलादेशका तमिम इकबाल, जिम्बावेका सिकन्दर राजा, रयान बर्लदेखि भुटानका मिक्यो दोर्जी सम्मका विदेशी खेलाडी हुँदा धेरैको नजर इपिएलमा छ । १५ वर्षिय युवा ब्याटर अर्जुन कुमालदेखि कर्णालीका तीव्र गतिका बलर अनुज चनारा सम्मका खेलाडी इपिएलमा हुनेछन् । इपिएल विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
युवा खेलाडी इपिएलमा सानदार प्रदर्शन गर्दै सिनियर टोलीको यात्रा तय गर्न चाहन्छन् । सिनियर टोलीका खेलाडीलाई उच्च प्रदर्शको दबाब छ । केहि खेलाडी इपिएल मार्फत उत्कृष्ट पूनरागमन गर्न चाहन्छन् । विदेशी खेलाडी उत्कृष्ट प्रदर्शनका साथ नेपाली समर्थकको मन र टोलीलाई खेल जिताउन पाउँछन् ।
विदेशी खेलाडीबाट समर्थक, टोली र सुभचिन्तक उत्कृष्ट प्रदर्शनको अपेक्षा बढी गर्नेछन् । नेपाली खेलाडी पनि विश्वस्तरिय विदेशी खेलाडी सामू उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जिताउन चाहन्छन् । यस सिजनको इपिएलमा सर्वाधिक रन बनाउन सक्ने चार खेलाडी यस प्रकार छन् ।
४. तमिम इकबाल (भैरहवा)

बंगलादेशका सर्वाधिक सफल ओपनर तमिम इकबालले इपिएल भैरहवा ग्ल्याडियटर्सबाट खेल्ने छन् । बायाँ हाते ब्याटर इकबाल भैरहवा प्रमुख खेलाडी हुन् । नेपाल र बंगलादेशको पिच कन्डिसन मिल्ने गर्दछ । दुवै देशमा स्पिनरलाई बढी सहयोग मिल्ने गर्दछ । तमिम स्पिन राम्रो खेल्छन् । बंगलादेशबाट टि२० आईमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।
तमिम सुरुवाती समय लिँदै त्यसपछि रन जोड्ने गर्दछन् । हतपत विकेट गुमाउँदैनन् । तमिमले २ सय २९ टि२० खेलमा ३ शतक र ४० अर्धशतक सहित ६ हजार ४ सय ७९ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन १ सय ४१ रन छ । भैरहवाबाट शीर्षक्रममा ब्याटिङ गर्ने हुँदा सर्वाधिक रन बनाउने खेलाडी बन्न सक्छन् ।
३. आसिफ शेख (विराटनगर)

युवा ओपनर आसिफ शेखले पछिल्लो समय घरेलु र राष्ट्रिय टोली दुवैबाट लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपाली फ्रेन्चाइज लिगमा शतक प्रहार गर्ने पहिलो खेलाडी आसिफ उच्च लयमा छन् । गत वैशाखमा भएको नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि२० आई खेलमा डेब्यू गर्दै सानदार प्रदर्शन गरेका थिए ।
यसै साता ओमान भ्रमणमा उच्च प्रदर्शनका साथ स्वदेश फर्किएका छन् । आसिफले पाकिस्तानी मुलका खेलाडीको बाहुल्यता भएको ओमानविरुद्ध ९० रनको उत्कृष्ट इनिङ खेलेका थिए । ओमानविरुद्ध दोस्रो खेलमा ७ विकेटको सहज जित दिलाउन आसिफले ४० रनको आक्रामक सुरुवात दिलाएका थिए । मैदान र पिचबारे राम्रो जानकार हुँदा आसिफले आफ्नो लयलाई निरन्तरता दिँदै सर्वाधिक रन बनाउने खेलाडी बन्न सक्छन् ।
२. कुशल भुर्तेल (ललितपुर)

साविक विजेता ललितपुर प्याट्रियट्र्सका युवा ओपनर कुशल भुर्तेलले पहिलो पकट कप्तानी गर्दैछन् । नेपाली टोलीबाट पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका कुशलमाथि नयाँ जिम्मेवारी थपिएको छ । टियु मैदानमा कुशलले वैशाखमा भएको त्रिकोणात्मक टि२० आई सिरिजमा ५ खेलमा ४ अर्धशतक सहित कुल २ सय ७८ रन बनाउँदै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।
ओमान भ्रमणमा पनि अमेरिकासँग पहिलो खेलमा ८४ रनको इनिङ खेलेका थिए । कुशल भुर्तेल टि२० विशेष ब्याटर मानिन्छन् । टि२० आई डेब्यूको सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने विश्वको पहिलो ब्याटर कुशल इपिएलमा पनि त्यहि लयलाई निरन्तरता दिन चाहन्छन् । पछिल्लो समयको प्रदर्शनले कुशलको मनोबल पनि उच्च छ । उच्च लयमा हुँदा कुशलले उत्कृष्ट प्रदर्शनका साथ सर्वाधिक धेरै रन बनाउने ब्याटर बन्न सक्छन् ।
१. रिचार्ड लेभी (पोखरा)

दक्षिण अफ्रिका आक्रामक ब्याटर रिचार्ड लेभी इपिएलमा सर्वाधिक रन बनाउन सक्ने खेलाडी हुन् । लेभी दक्षिण अफ्रिकाबाट टि२० आईमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । विष्फोटक ब्याटिङका लागि परिचित लेभीले ठूलो इनिङ खेल्ने गर्दछन् । २०१८ मा लेभीले पोखराबाट खेल्दै ४ खेलमा १ सय ९६ को स्ट्राइकरेटमा कुल २ सय ४ रन बनाएका थिए । भैरहवाविरुद्ध ७९ र ललितपुरविरुद्ध ८४ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।
यस सिजनमा लेभी पुरै खेल खेल्नेछन् । उनले २ सय २० टि२० खेलमा ३ शतक र ३७ अर्धशतक सहित कुल ५ हजार ४ सय ६८ रन बनाएका छन् । उच्च प्रदर्शन १ सय १७ रन छ । लेभीलाई नेपाली मैदान, पिच र खेलाडीको बारे अनुभव छ । उनी ठूलो सटलाई बढी प्राथमिकतामा राख्छन् । जसले गर्दा इपिएलमा सर्वाधिक रन बनाउने खेलाडी बन्न सक्छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]