default_image

4 years ago

September 24, 2021

आइपिएलमा आज चेन्नई र बेंगलोर भिड्दै

218 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ कौं ३५ औं खेलमा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा शारजाह क्रिकेट स्टेडियमा सुरु हुनेछ ।

चेन्नई बेंगलोरलाई पराजित गर्दै अंक तालिका शीर्षस्थानमा उक्लिन चाहन्छ । बेंगलोर चेन्नईलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिने सोचमा छ । चेन्नईको भारतीय पूर्व सफल कप्तान महेन्द्रसिंह धोनीले नेतृत्व गर्ने छन् । बेंगलोरको भारतीय वर्तमान टोलीका कप्तान विराट कोहलीले कप्तानी गर्ने छन् । यस खेललाई गुरु र चेलाबीचको भिडन्त अर्थात धोनी र कोहलीबीचको प्रतिस्पर्धाको रुपमा समेत हेरिएको छ ।

चेन्नईले पछिल्लो खेलमा मुम्बई इन्डियन्सलाई २० रनले पराजित गरेको थियो । उक्त खेल चेन्नईले एक समय २५–५ को अवस्थाबाट उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको थियो । युवा ओपनर ऋतुराज गायकवाडले ८८ रनको उत्कृष्ट अविजित इनिङ खेलेका थिए । सुरेश रैना, फाफ डु प्लेसिस, धोनी जस्ता खेलाडी हुँदा चेन्नईको ब्याटिङ निकै बलियो छ । ड्वने ब्राभो, रविन्द्र जडेजा र साम करन जस्ता विश्वस्तरिय अलराउन्डर चेन्नईमा छन् । शार्दूल ठाकुर र दीपक चाहर तीव्र गतिका बलिङ हतियार हुन् । शारजाह मैदान छोटो हुँदा आजको खेलमा मोईन अलीको स्थानमा साम करनले मौका पाउन सक्छन् ।

यता बेंगलोरले पछिल्लो खेलमा कोलकता नाइट राइडर्ससँग ९ विकेटले पराजित हुन पुगेको थियो । जसक्रममा बेंगलोर ९२ रनमा अल आउट भएको थियो । बेंगलोरका ब्याट्सम्यानलाई जिम्मेवारीका साथ उत्कृष्ट प्रदर्शन गर्न आवश्यक छ । ग्लेन म्याक्सवेल, विराट र एवि डिभिलियर्स बेंगलोरका प्रमुख हतियार हुन् । देवदत्त पाडिक्कलले पनि लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । तल्लोक्रममा काइल जेमिसन र वानिन्दु हसरंगाले राम्रो ब्याटिङ गर्न सक्छन् । स्पिनर युजभेन्द्र चहलको प्रदर्शन निकै महत्वपूर्ण हुनसक्छ । म्याक्सवेल र डिभिलिर्स टोलीमा हुँदा मैदानमा छक्का वर्षा गराउन सक्छन् ।

धोनी आफ्नो मास्टर माइन्ड र कप्तानीमा पनि खेल जिताउन सक्ने गुण भएका कप्तान हुन् । धोनीले आफ्नो कप्तानीमा चेन्नईलाई तीन आइपिएल उपाधि दिलाई सकेका छन् । आइपिएल इतिहासमा चेन्नई पहिलो पटक मात्र गतवर्ष लिगबाटै बाहिरिएको थियो । २०१३ देखि बेंगलोरको कप्तानी गर्दै आएका कोहलीले एक पटक मात्र फाइनल खेलेका छन् । आफ्नो कप्तानीमा तीन पटक प्लेअफमा स्थान बनाउँदा अन्य सिजनमा लिगबाटै बाहिरिएको छ । शारजाह मैदानको बाउन्ड्री छोटो हुँदा रनको वर्षा हुनसक्छ । शारजाहमा २ सय भन्दा कम योगफलमा जित निकाल्न कठिन बन्दै आएको छ ।


हेड टु हेड :
पछिल्ला पाँच भेटमा चेन्नईले बेंगलोरलाई ३ पटक पराजित गरेको छ । यस सिजनको पहिलो खेलमा चेन्नइ ६९ रनले विजयी भएको थियो । आइपिएलमा यी दुई टोलीबीच कुल २७ खेल भएको छ । चेन्नई १७ खेलमा विजयी हुँदा ९ खेलमा पराजित भएको छ ।

अंक तालिका

दिल्ली क्यापिटल्स ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंकका साथ शीर्ष स्थानमा छ । चेन्नई सुपर किंग्स ८ खेलमा ६ जित र २ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ ।

कोलकाता ९ खेलमा ४ जित र ५ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा ४ मा हार र ४ मा जित सहित ८ अंकका साथ पाँचौ स्थानमा छ । मुम्बई इन्डियन्स ९ खेलमा ४ मा जित र ५ मा हार सहित ८ अंक बटुल्दै छैटौ स्थानमा छ । पन्जाब ९ खेलमा ६ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ८ खेलमा ७ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.