4 years ago
September 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सको कप्तानी गर्ने भएका छन् । विराटनगरले करणलाई कप्तान र विकेटकिपर अनिलकुमार शाहलाई उपकप्तानको जिम्मेवारी दिएको छ ।

करणले फ्रेन्चाइज लिगमा दोस्रो पटक कप्तानी गर्नेछन् । करणले यसअघि २०१९ मा धनगढी प्रिमियर लिग (डिपिएल) मा विराटनगर किंग्सको कप्तानी गरेका थिए । विराटनगर वारियर्सका नियमित कप्तान पारस खड्काले इपिएल नखेल्ने भएपछि करणले कप्तानी जिम्मेवारी पाएका हुन् । करण नेपाली टोलीका प्रमुख रोजाईका बलिङ अलराउन्डर हुन् ।
विकेटकिपर अनिल राष्ट्रिय टोलीमा पूनरागमनको प्रयासमा छन् । विराटनगरको मुख्य प्रायोजकमा एनआइसी एशिया बैक छ । विराटनगरको मुख्य प्रशिक्षमा पूर्व नेपाली खेलाडी तथा नेपाल पुलिस क्लबका मनोज कटवाल छन् । करणको कप्तानीमा डिपिएलमा विराटनगरले ५ खेलमा २ मा हार, समान १ मा जित र नजिता विहिन हुँदै ४ अंकका साथ पाँचौं स्थानमा रहँदै बाहिरिएको थियो ।

नेपाललाई ओडिआई मान्यता दिलाउन क्यानडाविरुद्ध करणले अविश्वसनिय इनिङ खेलेका थिए । करण तल्लोक्रममा आक्रामक सट र तीव्र गातिमा बलिङ गर्ने गर्दछन् । विराटनगरमा जिम्बावेका टि२० कप्तान सिकन्दर राजा र वेस्टइन्डिजका चन्द्रपाउल हेमराज जस्ता विश्वस्तरिय खेलाडी छन् ।
विराटनगरले २०१७ को फाइनलमा भैरहवा ग्ल्याडियटर्सलाई एक रनले पराजित गर्दै उपाधि जितेको थियो । २०१८ मा विराटनगर ५ खेलमा ३ मा जित र २ मा हार सहित पाँचौ स्थानमा रहेर बाहिरिएको थियो । इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ । विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
विराटनगरको पूर्ण टोली :
करण केसी(कप्तान), आसिफ शेख (विकेटकिपर), अनिल कुमार शाह (विकेटकिपर तथा उपकप्तान) , सन्दीप राजाली, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, सोनु देवकोटा, प्रतिश जि.सी. रामनरेश गिरी, विक्रम कुमार भुषाल, अनिल खरेल, अनुज चनारा, सन्तोष यादव, रयानखान पठान (क्यानडा), चन्द्रपाउल हेमराज (वेस्टइन्डिज), सिकन्दर राजा (जिम्बावे) र दीलशान मुनावीरा (श्रीलंका)
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]